२५ अप्रिल २०१८ का दिन
चितवन समाज पाेर्तुगलले लिस्बोनको मर्केस्पोम्बलमा प्रथम अधिवेशन अायाेजक समितिकाे बैठक सम्पन्न गरेको छ ।
प्रथम अधिवेशनको पुर्व सन्ध्यामा तयारि उप-समिति गठन गर्नुको साथै निम्न समिति गठन गरेको थियो ।
अार्थिक उप-समितिमा संयोजक -अर्जुन चौलागाइ\इश्वोर रिजाल \गोबिन्द सापकोटा
विधान मस्यौदा समिति तथा प्रस्तावना विभाग संयोजक – प्रेम चन्द्र भण्डारी \हेमन्त सेढाई \तुलसीराम थपलिया
प्रचार तथा प्रकासन विभाग संयोजक -मनाेज भट्टराई \ सम्झना अधिकारी
उप -संयोजक – रवि अर्याललाई जिम्मेवारी दिइएको थियो ।
यसका साथै
नया बर्षमा लिस्बनमा अायाेजित नेपाली मेलामा समाजकाे तर्फबाट गरिएको नि:सुल्क पिउने पानी वितरणकाे समिक्षा गरिएको थियाे। आगामी ३० तारिख ,सोमवारका दिन हुन गैरहेको बुद्ध जयन्तिमा समाजको तर्फबाट सकेसम्म धेरै संख्यामा उपस्थित हुनको लागि अनुरोध गर्नुको साथै भब्य रुपमा सफल पार्नका लागि सबैलाई जानकारी गरायको थियो ।
अागामि अप्रिल ३० तारिख लिस्बनमा अायाेजना हुने बुद्ध जयन्ती शोभा यात्रामा पनि पिउने पानी वितरणलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
उक्त कार्यक्रम प्रथम अधिवेशन अायाेजक समितिका सदस्य सचिव प्रेम चन्द्र भण्डारीले सन्चालन गरेका थिए भने संयोजक तुलसीराम थपलियाकाे अध्यक्षयतामा सम्पन्न भएको थियाे।