यी चट्टान यस्ता बन्नुको रहस्य यस्तो छ

संसारमा यति अद्भुत र अचम्मका कुराहरु छन् भनिसाध्य र गनिसाध्य छैन।प्रकृतिको हातले संसारलाई मिहिनेत गरेर सुन्दर मात्र होइन अचम्म पनि बनाइदिएको छ।अचम्मको कुराहरु गर्दा संसारमा यस्ता-यस्ता ठूला चट्टानहरू छन् तिनीहरु आश्चार्य र अद्भुत छन्।

मध्य एसियाली देश टर्किको सेन्टर एनाटोलिया क्षेत्रमा प्रकृतिको यस्तो सुन्दर उपहार देख्न पाईन्छ जुन अद्भुत र अति नै मनमोहक छ।

यी चट्टान बन्न लाखौं बर्ष लागेको थियो। लाखौं बर्ष पहिला यहाँको जमीन ज्वालामुखीबाट निस्केको राफले ढाकेको थियो। जसलाई बर्षाको पानी र हावाले लाखौं बर्षसम्म काटेर यस्तो आकार बन्यो।

यो ठाउँबाट जमिनको भित्र बसेको शहर लैजाने गुफा सेमेत भेटिन्छ।जसलाई सयौं बर्षअघिका मानिसहरु हमलाकारीको आक्रमणबाट बच्न प्रयोग गर्थे।यो ठाउँ टर्किको प्रसिद्ध पर्यटकिय स्थल पनि हो। बर्षेनी लाखौं पर्यटक यो ठाउँमा घुम्न जाने गर्छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार