नेपाली चाडपर्ब संग मिल्दोजुल्दो दक्षिण कोरियाका चाडहरू

दक्षिण कोरिया बाहिरबाट हेर्दा एक आधुनिक संस्कृती बोकेको देश जस्तो देखिएता पनि यसमा भिजेर हेर्दा त्यहाँका नागरिकहरूले आफ्नो पुर्ख्यौली चाल-चलन र परम्परालाई राम्रोसँग अङ्गालेको पाइन्छ। नेपालमा जस्तै दक्षिण कोरियामा पनि चाड तथा महोत्सवहरु त्यहाँको धार्मिक र सांस्कृतिक परम्पराहरूमा आधारित हुने गर्दछन्। त्यसै गरी त्यहाँ परिवारसँग समय बिताउनु भनेको चाड-पर्वको सबै भन्दा महत्त्वपूर्ण पाटो मानिन्छ। यो लेखमा हामी त्यहाँका धेरै पर्वहरू मध्ये केही मुख्य पर्वहरूको बारेमा जानकारी दिनेछौँ।

१. सनलाल नव वर्ष:

यो पर्वलाई लुनार न्यु ईयर पनि भनिन्छ र दक्षिण कोरियामा यसलाई सबैभन्दा ठुलो चाडको रुपमा मनाइन्छ।लुनार न्यु ईयर भनेको लुनार (चन्द्रमा सम्बन्धि) पात्रो अनुसारको नव वर्ष हो। नेपाली चाडहरू जस्तै यो पर्व कुन दिन मनाउने भनेर तिथिमा आधारित हुन्छ। यसमा मुख्यतः बुढा-पाकाको घरमा गएर आशीर्वाद लिने अनि एक अर्कालाई उपहार दिने चलन हुन्छ। घर-घरमा मिठो-मिठो खाने कुराहरु पक्नुका साथै यो दिनमा विशेष गरेर ट्योकगुक् (चामलको परिकारको सुप) खाने गरिन्छ।

२. बुद्ध जयन्ति:

दक्षिण कोरियाको कुल जनसंख्या मद्धे १५.५% बुद्ध-धर्मावलम्बीहरू छन्। त्यसै कारणले यहाँ बुद्ध जयन्ती पनि एउटा महत्त्वपूर्ण उत्सवको रूपमा मनाइनछ। यसको दिन पनि तिथि अनुसार फरक पर्छ। यो पर्व मन्दिरहरूमा र सडकको पेटीमा दियो बालेर र प्रार्थना गरेर मनाइनछ। त्यसैगरी त्यहाँको राजधानी, सिओल, सहरमा लोटस ल्यनटर्न (कमलको उज्यालो) भन्ने महोत्सव मनाइनछ, जसमा सहर भरि बत्तीको झाँकी घुमाउने चलन छ।

३. मेमोरिअल डे (शहिद दिवस):

हरेक वर्ष जुन ६ तारिख मनाइने यो दिवस, विभिन्न युद्धहरूमा सहिद भएका दक्षिण कोरियाली सैनिकहरू र युद्धमा लडेका अरू सैनिकहरूको सम्झनामा मनाइनछ। यो दिन बिहानको १० बजे पुरै देशभरि साइरन बजाइनछ र त्यति बेला नागरिकहरूले सिर-झुकाएर सैनिकहरूको योगदानको बारे स्मरण गर्दछन्। यसका साथै यो दिवसको दिन, दक्षिण कोरियाको राष्ट्रिय झन्डालाई झुकाउने चलन पनि छ।

४. छुसक:

चुसियोक पर्व धेरै जसो शरद ऋतुमा पर्ने गर्छ। यस पर्वमा परिवारहरूले चारये भन्ने अर्को उत्सव पनि मनाउँछन् जसमा उनीहरूले भर्खरै कुटेको चामलको विभिन्न खानेकुराको परिकारहरू बनाएर खान्छन्। यसका साथै, आफ्नो परिवारको सदस्यहरूलाई गाडेको चिहानमा गएर आफ्नो आदर व्यक्त गर्दछन् र चिहान र सम्सान घाटको सर-सफाई गरि, त्यहाँ वरपर फुल पनि छर्ने गरिन्छ। यो पर्वका लागि मान्छेहरू टाढा-टाढाबाट पनि घर फर्किने गरेका छन्।

५. डोल (नेपालमा मनाइने पास्नी जस्तै):


दक्षिण कोरिया एक विकसित मुलुक हुनु भन्दा अघि त्यहाँ सबै स्वाथ्य सुविधा पाइँदैन थियो, जसका कारण शिशु मृत्युदर निकै उच्च थियो। जसले गर्दा त्यहाँ बच्चाहरूलाई १०० दिन सम्म पनि बचाउन गाह्रो पर्ने गर्थ्यो। त्यसैले शिशु जन्मेर १०० दिन पुगेपछि एउटा ठुलो भोज गरिन्थ्यो। त्यही चलन अहिले एक्काइसौँ शताब्दी सम्म पनि आइपुगेको छ र अहिले पनि दक्षिण कोरियाली बच्चाहरू १०० दिन सम्म जीवित रहन सफल भएको खुसीयालीमा भोज गरिन्छ। यो पर्व नेपालीहरूले गर्ने पास्नीसँग धेरै हदसम्म मिल्दो-झुल्दो हुन्छ। यसबेला बच्चालाई नयाँ लुगा लाइदिने, गुलियो खीर र अरू मिठो-मिठो कुरा खानदिने र बच्चा स्वस्थ र सुखी होस् भनेर आशीर्वाद दिने गरिन्छ।:-शुभयात्रा बाट

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार