श्रीमतीको निधनपछि अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस विरामी

वासिङटन/ आफ्नी श्रीमतीको अन्त्येष्टि गरेको भोलिपल्टै अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुस आइतबार बिरामी हुनुभएको छ । रगतमा संक्रमण भएर स्वास्थ्य समस्यामा पर्नुभएका बुसको अहिले उच्च सतर्कताका साथ उपचार भइरहेको उहाँको निजी सचिवालयले जनाएको छ । सचिवालयद्वारा जारी वक्तव्यमा अनुसार ९३ वर्षीय बुसलाई हाउस्टन मेथोडिस्ट अस्पतालमा आइतबार बिहानै भर्ना गरिएको हो ।


उहाँकी श्रीमती तथा अमेरिकाकी पूर्वप्रथम महिला बारबारा बुसको गत शनिबार अन्त्येष्टि गरिएको थियो । उहाँको गत मंगलबार ९२ वर्ष उमेरमा निधन भएको थियो ।
उहाँको अन्तिम विदाई समारोहमा चार जना पूर्वराष्ट्रपति सहभागी हुनुभएको थियो । बारबाराका श्रीमान् जर्ज एच डब्लु बुस बाहेक उहाँका छोरा जर्ज डब्लु बुस पनि अमेरिकाको पूर्वराष्ट्रपति हुनुहुन्छ ।

स्वर्गीय बारबारा बुसका श्रीमान् जर्ज एच डब्लु बुस सन् १९८९ देखि १९९३ सम्म र उहाँका छोरा जर्ज डब्लु बुसकी २००१ देखि २००९ सम्म अमेरिकाको राष्ट्रपति हुनुभएको थियो । बारबाराको निधनपछि उहाँका श्रीमान् तथा पूर्वराष्ट्रपति बुसले बारबारा संसारकै सबैभन्दा मायालु भएको बताउनुभएको थियो । अन्त्येष्टिमा हजारौँको सहभागीता थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार