काठमाडौँ । पत्रकार किशोर पन्थीद्वारा लिखित पुस्तक ‘कम्पन’को सोमबार लोकार्पण गरिएको छ । २०७२ सालको महाभूकम्पका घटना समेटेर पुस्तक ‘कम्पन’ ल्याएको लेखक पन्थीले बताए ।
पुस्तकमा भूकम्प पीडितका दर्दनाक कथा तथा पिडा समेटिएको उनले बताए । त्यसका साथै भूकम्पमा परेर पनि जीवित रहेका र उद्दारकार्यमा सम्लग्नहरुका कथा पनि पुस्तकमा समेटिएको उनले बताएका छन् । भूकम्प प्रभावित जिल्ला तथा भूकम्प पीडितहरु, राहत उद्दारमा खटिएकाहरुसँगको कुराकानीको आधारमा पुस्तक लेखिएको उनले बताए।
https://www.facebook.com/KampanBook/videos/139071303612400/
पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भूकम्पका कारण देशको विकासमा ठूलो क्षति पुगेको बताए । भूकम्पपछिको समयमा राहत वितरणको लागि आफू स्वयम् खटिएको बताउँदै नेता नेपालले भूकम्प पीडितहरुलाई अनुदान तथा राहत दिने कुरामा सरकारको पहल पर्याप्त नभएको स्वीकार गरे । भूकम्पको अनुभवलाई संस्मरणको रुपमा पुस्तकमा समेटिएकोमा उनले खुसी व्यक्त गरे ।
https://www.facebook.com/abctelevision/videos/1663603263756479/
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भूकम्प पछिको पुननिर्माण निकै सुस्त भएको बताए । भूकम्प पीडितहरुलाई थप पिडा नदिन आग्रह गर्दै उनले पीडितहरुलाई किस्तामा नभई एकमुष्ट रुपमा अनुदान रकम वितरण गर्न सरकारसँग आग्रह गरे । भूकम्प पछि पुननिर्माणको अवसर भए पनि त्यसो हुन नसकेको उनको भनाई थियो ।
तस्वीर : दीपेन्द्र ढुंगाना