१९ वर्षे तन्नेरीकी ७२ वर्षे बेहुली, हनिमुन अनुभवबारे यसरी खुलेर बताए

प्रेम भनेको के हो? माया भनेको के हो ? प्रेम र मायाको उत्तरको पछाडि दौडियौं भने शायद यसको जवाफ भेट्न सकिँदैन होला।


विभिन्न युगमा विभिन्न प्रेमी र विद्वानले प्रेमको परिभाषा आ-आफ्नो तरिकाले दिएका छन्। जति प्रेमको परिभाषा बुझ्दै गयो त्यति यो प्रेमको गहिराइले हामीलाई डुबाउँदै जान्छ। मानिसहरूले भने झैँ प्रेम निस्स्वार्थ छ भनौ भने प्रेममा स्वार्थ पनि भेटिन्छ ।

कोही कोही भन्छन् प्रेम अन्धो हुन्छ । प्रेममा आँखा हुन्छ की हुँदैन ? खै यो त कसैलाई थाहा होला र? तर साँचो प्रेम गर्नेहरुलाई न जातभातले नै रोक्छ न त उमेरले नै रोक्छ । चोखो प्रेम के हो भन्ने कुरा अमेरिकाको एक जोडीले सत्य साबित गरिदिएको छ ।

१९ वर्षका एक युवकले आफूभन्दा ५३ वर्ष जेठी महिलासँग बिहे गरेका छन् । हजुरआमा उमेरकी महिलासँग बिहे गरेका उनले आफ्नो पहिलो सेक्स अनुभवका बारेमा खुलेर बताएका छन् ।

गेरी हार्डविक र अलमेडा बिच दुई वर्षअघि चिनजान भएको थियो । त्यति बेला अलमेडा ७0 वर्षकी थिइन् भने गेरीको उमेर १७ वर्ष थियो । अलमेडाका छोरा रोबर्टको अन्तिम संस्कारका बेलामा उनीहरूको भेट भएको थियो ।

रोबर्टकी विधवा पत्नी लिसाले एक पारिवारिक कार्यक्रममा आफ्नी सासू अलमेडासँगै गेरीलाई पनि बोलाएपछि ती दुईबिच पुनः भेट भयो ।

त्यस बेला गेरीको एक जना ७७ वर्षे प्रेमिकासँग भर्खरै ब्रेकअप भएको रहेछ । अलमेडासँग भेट भएर चिनजान हुँदाखेरी नै गेरीले सोचेका थिए कि अब उनको जीवनमा आउने महिला भनेको उनै हुन् । जतिबेला अलमेडा ६ बच्चाको हजुरआमा बनिसकेकी थिइन् ।

गेरीले अलमेडासँग आफ्नो मनको कुरा खेले । तन्नेरीसँग रोमान्स गर्न पाउने भएपछि अलमेडाले पनि नाइँनास्ती गर्ने कुरा भएन । अन्ततः दुईहप्ताको रोमान्स पछि गेरी र अलमेडाले बिहे गरे । उनीहरूको बिहेमा मात्र २ सय डलर खर्च भएको थियो ।

दुई वर्षपछि अहिले अलमेडाको उमेर ७२ वर्ष छ भने गेरी १९ वर्षका छन् । यो जोडीको उमेर अन्तर असामान्य भए पनि कुनै सामान्य जोडीभन्दा कम खुसी छैनन् । अलमेडा भन्छिन्, यदि तपाईँ कसैसँग प्रेम गर्नुहुन्छ भने उमेर त केवल आँकडा मात्र हो ।

आफूलाई कहिल्यै पनि आफ्नो उमेरका तरुनी केटीहरूप्रति आकर्षण नजागेको गेरी बताउँछन् । बिहेको रात पहिलोपटक सेक्स गर्दाको अनुभव शानदार रहेको उनको अनुभव छ । अलमेडा अति उत्तम प्रेमिका हुन् भन्ने उनको ठम्याइ छ ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार