एनआरएनएन पोर्तुगलको बैठक – नेपाल फेस्टिबल सफल भएको निष्कर्ष, संरक्षकलाई स्पष्टीकरणको लागि बोलाउने निर्णय – पदाधिकारी नै भन्छन् : स्पष्टीकरणको निर्णय हाँस्यास्पद र बिधान बिपरित – के छ विधानमा व्यवस्था ?

लिस्बोन । नेपाली नयाँबर्षको सन्दर्भ पहिलो नेपाल फेस्टिबलको आयोजना पश्चात एनआरएनएन पोर्तुगलको समिक्षा बैठक अप्रिल २१ तारिख लिस्बोनमा सम्पन्न भएको खबर प्राप्त भएको छ । बैठक दिउँसो ३: ०० बजे बोलाइएकोमा एक घन्टा ढिलो गरेर चार बजे मात्र शुरु भएको थियो । दिउँसो ३:१३ मिनेट जाँदा पुगेका एकजना सदस्य बैठकमा पहिलो भए त्यसपछि अरु क्रमशः आएका थिए । महासचिव बैठकमा केहीबेर मात्र बसेर कार्यब्यस्तताको जानकारी दिएर बाहिरिएका थिए । माइन्युट एकजना सचिव लेखेका थिए । नेपाल फेस्टिबलको समिक्षा, धन्यवाद प्रस्ताव, आर्थिक, आगामी बुद्ध जयन्ती र संरक्षकको धारणाबारे गरेर बैठकमा पाँच वटा एजेन्डा राखिएको थियो ।

औपचारिक बैठक हुनु अघि सहभागी पदाधिकारी र सदस्य बीच निक्कै गर्मागर्मी छलफल भएको थियो, दुई जना पदाधिकारी र एकजना सदस्य अनौपचारिक, औपचारिक दुबै बैठकमा निक्कै चर्को स्वरमा प्रस्तुत हुँदा बैठकका अन्य सहभागी मुकदर्शक जस्तै बनेका थिए । बैठकमा कार्वाही गर्नेदेखि निलम्बन सम्मका कुरा उठेका थिए ।

बैठकले नेपाल फेस्टिबल मुख्यरूपमा सफल भएको, लिखित रूपमा मन्त्री र राजदूतको मात्र शुभकामना पत्रहरु आएको, अन्यले टेलिफोन, एसएमएस र म्यासेज मार्फत शुभकामना व्यक्त गरेको, मन्त्री र राजदूतको शुभकामना पत्र पढेर नसुनाइनु त्रुटि भएको, माइक लगायत प्राबिधिक रूपमा पनि केही कमिकमजोरी रहेको, महोत्सव पहिलो पटक आयोजना गरिएकोले अनुभवको पनि कमी रहेकोले आगामी दिनमा सुधार गरेर अझ ब्यबस्थित बनाउन ध्यान दिने बारेमा छलफल र निर्णय भएको थियो ।

दोश्रो एजेन्डामा छलफल गर्दै महोत्सवमा सहभागी अतिथिहरु, कलाकारहरु, पत्रकारहरु लगायत फेस्टिबल सफल बनाउन, आर्थिक भौतिक, नैतिक रूपमा सहयोग गर्ने र महोत्सवमा सहभागिता जनाउने सबै स्वदेशी तथा बिदेशीहरुमा विशेष धन्यबाद प्रस्ताव पारित गरिएको थियो ।

तेश्रो नम्बर एजेन्डामा छलफल गर्दै महोत्सवका लागि लगभग १२ हजार जति सहयोग उठेको र साढे चारहजार जति खर्च भएकोले लगभग साढे सात हजार जति बचत हुने अनुमान निकालिएको थियोे । यसको सम्पुर्ण विवरण सोमबार पुन बैठक बसी संस्थाको आर्थिक हर हिसाब फेसबुक पेज मार्फत सार्वजनिक गरिने जानकारी गराइएको थियो ।

आगामी अप्रिल ३० तारीख पोर्तुगलमा आयोजना हुने २५६२ औं बुद्ध जयन्तीलाई भब्यरूपमा सफल पार्न र मनाउन सम्पुर्ण रुपले सक्रिय र प्रभावकारी भुमिका निभाउने बैठकको चौथो निर्णय थियो । पाचौं निर्णय बिधान बिपरित संरक्षकलाइ स्पष्टीकरणका लागि बोलाउने हाँस्यास्पद कार्य थियो ।

निर्णयहरुको बारेमा जानकारी माग्न एनआरएनए पोर्तुगलका प्रबक्तालाई सम्पर्क गर्दा पहिला निर्णयहरुको जानकारी दिने बताएका उनी पछि सम्पर्कमा आउन चाहेनन । अहिलेको सूचना र प्रबिधिको युगमा पनि सूचना लुकाउन खोज्ने एनआरएनए पोर्तुगलको अपारदर्शी र सन्देहस्पद तरिका सुधार भएको देखिदैन ।

बैठकका दुई बान्कीहरु :

जसले काम गर्‍यो उसैमाथि खनिए-

नेपाली एउटा उखान छ, जो होचो उसैको मुखमा घोचो भन्ने, एनआरएनए पोर्तुगलको बैठकमा पनि त्यस्तै भयो, अध्यक्ष र महासचिव पछि कार्यक्रम सफल बनाउन सबैभन्दा बढी खटेका र नेपाल महोत्सवको कन्सेप्ट ल्याउने एक उपाध्यक्ष माथि दुई जना जिम्मेवार पदाधिकारी र एक सदस्य अरिङाल झैं खनिए, म पनि कार्यसमितिको हो भन्दै चर्को स्वरले कराए, टेबल ठटाए, उनीलाई कसैले रुलिङ गर्न आबश्यक ठानेनन वा ठानिएन । महोत्सवको कामले थकित ती उपाध्यक्ष त्यसै मलिन मुख लगाएर बस्नु पर्यो, चर्को चर्को कराउने मध्ये कै उनै सदस्यले अर्का एक उपाध्यक्षलाई कार्वाही गर्नु पर्ने माग समेत राख्न भ्याए ।

काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर-

महोत्सव मुलतः सफल रूपमा सम्पन्न भइसकेको अबस्थामा भएका कमीकमजोरीलाई सच्याउदै राम्रो पक्षको ब्यापकरुपमा प्रचार प्रसार गर्दै सकारात्मक भावना र सोंचकासाथ अगाडि बढ्नु पर्नेमा रथको पांग्रो उल्टो घुमाउने अपरिपक्व क्रियाकलापले संस्था, संस्थागत रुपमा नै विवादको भुवरीमा फस्न लागेकोमा एक पदाधिकारीले चिन्ता व्यक्त गरे । बिधानमा के लेखेको छ, कस्तो ब्यबस्था छ, केही नहेरी, नपढी आवेश र उत्तेजनामा आएर अत्यन्त कच्चाढंगले एक संरक्षकलाइ सामाजिक संजालमा केही लेखेको र सुझाव दिएको आधारमा स्पष्टीकरण सोध्न बोलाउने निर्णय गरिनु केटाकेटीले गुच्चा खेले जस्तो हाँस्यस्पद र हचुवा काम भएको पदाधिकारीहरुले बताए । संस्थाको बर्तमान बिधान बमोजिम कार्यसमितिले न संरक्षकहरुलाइ स्पष्टीकरण सोध्न सक्छ, न कुनै कार्वाही नै गर्न सक्छ, यो अधिकार केन्द्रीय संरक्षक परिषदलाई मात्र हुन्छ, त्यसका लागि पनि धेरै प्रक्रिया पूरा गर्नुपर्छ, बरु बिधान बमोजिम संरक्षकहरु र संरक्षक परिषदले कार्यसमितिलाई सल्लाह, सुझाव र निर्देशन दिनसक्छ, कार्य समितिले काम गर्न नसके विघटन गरेर भेला बोलाउन सक्ने बिधानको ब्यबस्था छ ।

हेर्नुहोस बिधानको ब्यबस्था:

मैले पनि एनआरएनए प्रबक्ता मार्फत यस्तै केही निर्णय भएको सुने, स्पस्टिकरण सोधिएको भनिएका त्यी संरक्षकले भने, “मलाई बिश्वास छ, त्यस्तो बिधान बिपरितको अबैधानिक कार्य गरिएको छैन यदि भुलबस त्यस्तो गरिएको भए पहिला बिधान पढ्न आग्रह गर्दछु, जबर्जस्ती गरिए सबैले बुझ्नुपर्छ,यो कसैको नीजि घर होइन, एनआरएनए बिदेशमा रहेका सबै नेपालीहरुको साझा संस्था हो, नेपाल सरकारले अन्तर्राष्ट्रियरूपमा मान्यता दिएको र दर्ता भएको संस्था हो, यो बिधान बमोजिम चल्छ, सरकार र सरकारको प्रतिनिधि संस्थाको बेवास्ता र अनादर गर्ने अधिकार कसैलाई छैन बरु गल्तीहरुलाई सहज ढंगले स्वीकारेर समझदारीसाथ अगाडि बढ्नु पर्नेमा उल्टो केही कुरामा गल्ती भयो स्वीकारेर,सच्याएर जाऔ भन्दा बिधानमा ब्यबस्था नै नभएको निर्णय गर्न थालिए बर्तमान एनआरएनए पोर्तुगलले केन्द्रीय अनुशासन समितिमा उभिनु पर्ने हुन्छ र आफुले नेपाल सरकारको कुनैपनि निकायबाट बर्तमान एनआरएनए पोर्तुगललाई सहयोग नगर्न लिखित अनुरोध गर्नुपर्ने बाध्यता आउने ” उनले स्मरण गराउदै बताए ।
– युरोपनेपाली डट कमको सहयोगमा।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार