रहिनन् ११७ बर्षकी विश्वकै ज्येष्ठ नागरिक नबी ताजिमा

विश्वकी सबैभन्दा जेठी जापानी महिला नबी ताजिमाको ११७ बर्षको उमेरमा निधन भएको छ।

शनिवार बेलुका आठ बजेतिर उनको निधन भएको हो।नबी सन् १९०० अगस्ट ४ तारिख जन्मिएकी थिइन्।करिब सात महिनाअघि जमैकाका वायलेट ब्राउनको निधन भएपछि नबी संसारकै ज्येष्ठ नागरिक बनेकी थिइन् । वायलेटको निधन पनि एक सय १७ वर्षको उमेरमा भएको थियो ।

जापानीहरू विश्वमा सबैभन्दा लामो आयु भएका मानिसहरुमा पर्छन्। झण्डै ६८ हजार जापानी नागरिकहरु एक सय बर्ष भन्दा बढी उमेरका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार