काठमाडौं । आजराती नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न पाइने भएको छ । तपाई उल्का वर्षाको रमाइलो दृश्य चाहानुहुन्छ भने राती समयमा नबिर्सीकिन हेर्नुपर्नेछ ।
खगोलविद्का अनुसार आइतबार राति १ बजेदेखि सुर्योदय हुँदासम्म उल्का वर्षा भएको हेर्नरदेख्न सकिनेछ ।
वैशाख ५ देखि सक्रिय भएको विणा उल्का वर्षा आउँदो बुधबारसम्म सक्रिय रहने खगोलविदले बताएका छन् । अत्यधिक सक्रियताको समयमा प्रतिघन्टा १५ देखि २० वटा उल्का खसेको देख्न सकिनेछ । पुछ्रेतारा वा धुम्केतुहरुले सूर्यलाई परिक्रमा गर्ने क्रममा आफ्नो कक्षमा धूलाका कणहरु छोड्ने गर्छन जुन लाखौँ किलो मिटरसम्म फैलिन सक्ने खगोलविद्धहरु बताउँछन् ।