घ्यु कुमारीको गुदी र काँचो केरा पाइल्सका रोगीका लागि अचूक औषधि !

जेन्सी । घ्यु कुमारीको गुदी पाइल्सका रोगीका लागि धेरै उपयोगी हुन्छ । पाइल्सका कारण मलद्वार दुख्ने वा पोल्ने हुन्छ ।

त्यसैले विस्तारै घिउकुमारीको गुदी लगाउने जसले शीतलता प्रदान गर्छ । बदामको तेल अर्थात् बदाम रोगन पनि लगाउन सकिन्छ। एक दिनमा ३-४ पटक मलद्वारमा बदामको शुद्ध तेल लगाए आराम मिल्छ।

पाइल्सका रोगीले तारेको-भुटेको तथा रेशारहित खाना खानु हुँदैन। कब्जियत हुन नदिन रेसायुक्त (फाइबर) खाना प्रशस्त खानुपर्छ। अलिभको तेल लगाउँदा पनि आराम प्राप्त हुन्छ ।

मूलाको रस बिहान बेलुका खाँदा पाइल्सका रोगीलाई फाइदा हुन्छ । काँचो केरा उसिनेर बिहान-बेलुका खाँदा फाइदा मिल्छ ।

आँपको कोयाको गुदीको चूर्ण महसँग मिसाएर खान सकिन्छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार