ईटहरीको एउटा ज्यानमारा पुल : जहाँ पलपल रोकिन्छ श्वास (तस्विरहरू सहित)

ईटहरी । सुनसरीको ईटहरीस्थित पुर्वलाईनमा रहेको टयाङग्रा पुल जहाँ पुगेपछि एकपटक सबै सवारीधनीहरुले आ–आफनो भगवान सम्झिन बाध्य हुन्छन । करिब १० सेकेण्डमा पार गरिने पुल पार गर्न सवारीधनीहरुलाई ३ मिनेटदेखि १० मिनेट सम्म जाममा बसेर धुलोमा पुरिनु पर्ने बाध्यता रहेको छ ।


जिर्ण अबस्थाको पुल, ठुला सवारी साधनदेखि रिक्सा सम्म र पैदलयात्री समेत त्यहि साँघुरो पुल भएर आवातजावत गर्नुपर्छ । धुलोमा पुरिएर आँखा चिम्लिएर सो पुल पार गर्नुपर्ने बाध्यता रहेको छ । बैकल्पिक भरपर्दो बाटो समेत नहुँदा दैनिक हजारौ सवारीसाधन र लाखौ मानिसहरु सो पुलमा भगवान भरोसाको अबस्थामा आवातजावत गरिरहेका छन ।

पुल पार गर्न कम्तिमा पनि पाँच मिनेट पखिएपछि बल्ल पालो आउँछ, त्यसपछि धुलोका कारण आँखा चिम्लिएर सवारी हाक्नुपर्ने बाध्यता रहेको छ भने एकैचोटी सवारी चलाउँदा सवारी साधन ठोक्किने,चोटपटक लाग्ने र ठुला दुर्घटनाको भय समेत उत्तिकै रहेको छ ।

ईटहरी पुर्बमा बुढीखेला,पश्चिममा खेतीखोला,उत्तरमा पुर्बी पृतना र दक्षिणमा खनार नपुगुञ्जेल दैनिक रुपमा मानिसहरुले यहि नियति भोग्नुपरेको छ । एकातर्फ ६ लेन सडक निर्माणका क्रममा बाटो साँधुरिएको छ भने अर्कोतर्फ भत्किएको सडक मर्मत र ट्राफिक ब्यबस्थापन चुस्त नहुँदा जनताले सास्ती बेहोर्नुपरेको छ ।

क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय र सडक डिभिजन कार्यलय ईटहरी मै छ तरपनि ब्यबस्थापनको काम भने सन्तोषजनक छैन भने सडक मर्मतको काममा समेत उदासिनता उत्तिकै छ । पुलमा मात्र होईन ईटहरी भरि नै सडकमा खाल्डाखुल्डी उत्तिकै देखिन्छ । ईटहरी चौकमा समेत सडक जाम हुने अबस्था रहेको छ । यति हुँदाहुँदै पनि सडकमा ट्राफिक ब्यबस्थापन कमजोर देखिएको ईटहरीबासी गुनासो गर्छन ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार