वासिङ्गटन: नेपालमा मालिन्दो एयरको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको केही दिनअघि अमेरिकामा एउटा हवाईजहाज पनि गम्भीर दुर्घटनाबाट जोगिएको छ । आकाशमै ठुलो दुर्घटनामा जोगिएको जहाज हो अमेरिकाको साउथवेस्ट एयरलाइन्स १३८० । यो जहाज मंगलवार डलास गइरहेको थियो । घटनाको समय यस जहाजमा १४४ यात्रु र पाँच चालक दलका सदस्य थिए । यसले फिलाडेल्फियामा आपतकालिन अवतरण गरेको थियो । यसको कारण थियो जहाजको दाहिनेतर्फको झ्याल फुट्नु ।
आकाशमै उडिरहेका बेला यो जहाजमा डरलाग्दो घटना भएको हो । साउथवेस्ट एयरलाइन्सको एक उडान १३८० हावामा उडिरहेको थियो । यो एक बोइङ्ग ७३७ विमान थियो । उडानका क्रममा करिब ३२,५०० फिटको उचाईमा एकाएक दाहिनेतर्फको पंखा टुट्न पुग्यो । जुन भाग उडेर जहाजको एक झ्यालमा ठोक्कियो । त्यसको यति तीब्र थियो कि झ्यालको शिशा पुरै टुक्रा टुक्रा भएर फुट्यो । झ्यालको स्थानमा एक ठुलो भ्वाङ बन्यो ।
झ्यालको नजिकै सिटमा एक महिला बसेकी थिइन् । बाहिरको तीब्र हावा र दबावले ती महिलालाई जहाजको बाहिरतर्फ तान्न थाल्यो । ती महिलाको आधा शरिरउसका आधा शरिर झ्याल बाहिर निस्कियो । उनीसँगै बसेका यात्रुले उनलाई जसोतसो तानेर भित्र लान सफल भए । त्यसपछि यात्रुले नै नै झ्यालमा परेको प्वाललाई टाल्ने कोशिश गरे । कपडा, ज्याकेट, जे हातमा आउँछ त्यसैले झ्यालको भ्वाङ टाल्ने काममा उनीहरु लागे ।
त्यति गर्दा पनि पार नलागेपछि एकजना यात्रुले त्यहाँ आफ्नो पिठ्यु राखेर उभिन पुगे । जसले गर्दा झ्यालको भ्वाङ पुरिन सहयोग पुग्यो । तर झ्यालबाट छिरेको हावाले जहाजको भित्री भागमा बेहाल बनाइसकेको थियो । एकदमै कठिनपूर्वक पाइलटले जहाजलाई आपतकालिन अवतरण गराउन सफल भए । जुन महिलालाई हावाको तीब्र बेगले झ्याल बाहिर तानेको थियो उनलाई भने बचाउन सकिएन । हावाको तीब्र झोक्काले शरीरमा पारेको दबाबका कारण ती महिलाको निधन भएको छ ।
ज्यान गुमाएकी महिलाको नाम जेनिफर रियोर्डन रहेको छ । न्यू मेक्सिकोकी बासिन्दा उनीसँगै बसेका यात्रुका अनुसार घटनाको बेला जहाज ४० डिग्री कोणमा झुकेको थियो । पुरै जहाज हल्लिन थालेको थियो । अक्सिजन मास्क पनि तल झरेका थिए । त्यसपछि यात्रुले जहाज दुर्घटना हुने अनुमान लगाएका थिए । उनीहरुले अब सबैको ज्यान जाने आँकलन गरेका थिए ।
तर जहाजलाई आपतकालिन अवतरण गराउन सकियो । यसको बायाँ तर्फको इन्जिनमा लागेका २४ पंखामा एउटा खसिसकेको थियो । समाचार अनुसार यही पंखा भाँच्चिएर जहाजको झ्यालमा बजारिएको थियो । त्यसपछि जहाजको इन्जिन पनि फेल भएको थियो ।
जहाजले मंगलवार बिहान करिब १०.२७ बजे उडान भरेको थियो । ११.२३ बजे जहाजले आपतकालिन अवतरण गर्नुपरेको थियो । जहाजमा एक नर्स पनि यात्रारत थिइन् । उनले जेनिफरलाई सीपीआर (छाति दबाएर श्वास) दिने कोशिश गरिन् । करिब २० मिनेटसम्म यस्तो कोशिश गर्दा पनि जेनिफरलाई बचाउन सकिएन । अन्नपूर्ण पाेस्टबाट
पूवैर्ली न्युजको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक र ट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।