त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटना – एयरपोर्ट पुरै बन्द

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मालिन्दो एयरको जहाज दुर्घटनामा परेको छ ।

बिहीबार राति १० बजेर १० मिनेटमा काठमाडौँबाट मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको ओ डी १८१ कल साइनको जहाज रन-वेबाट चिप्लिएको हो । जहाज अन्दाजी ४० मिटर पर घाँसेमैदानमा पुगेको छ। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन बिमानस्थल सुरक्षा गार्डका एसपी गणेश चन्दले जानकारी दिए । उनका अनुसार, चालकको सावधानी कारण ठूलो दुर्घटना टरेको छ ।

अहिले त्रिभुवन विमानस्थल बन्द भएको छ भने काठमाडौँ आउँदै गरेको मलेशिया एयरलाइन्सको जहाज कलकत्ता र जेट एयरवेजको जहाज लखनउ बिमानस्थलमा डाइभर्ट भएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार