एकतामा शंका नगर्न नेताहरुको आग्रह


नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले माओवादी केन्द्र र नेकपा एमालेबीचको एकतामा शंका नगर्न आग्रह गरे । रिपोटर्स क्लब नेपालले बिहीबार काठमाडौमा आयोजना गरेको साक्षात्कारमा उनले आगामी जेठ १ गतेभित्रै दुई पार्टीबीच एकता हुने बताए ।

धेरै विषयमा सहमति भइसकेको र केही कुरामात्र मिल्न बाँकी रहेकाले दुवै पार्टीका अध्यक्षहरु विवादित विषय टुंगो लगाउन सक्रियतापूर्वक लागिपरेको उनको भनाई छ । मुलुकको स्थायीत्व , बिकास र समृद्धिका लागी एकता अपरिहार्य रहेको भन्दै यो देशको आवश्यकता रहेको उनले बताए । उनले जनताको जनादेश अनुसार नै छिटै पार्टी एकता हुने समेत बताए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार