युवा गायक कृष्ण काफ्ले सँगै मेड्रीडबासिले मनाए नयाँ वर्ष

– सन्तोष गोम्देन

मेड्रीड।

विविधतामा अनेकता,अनेकतामा एकता भने झैं विभिन्न समुदाय,क्षेत्र,विविध भाषाभाषी समुदायबाट प्रतिनिधित्व गरेका मेड्रीड बसोबास गर्दै आएका मेड्रीडबासि नेपालीले यस वर्षको नयाँ वर्ष हर्ष उल्लासका साथ युवा गायक कृष्ण काफ्ले सँगै एकै छानामुनि मनाएका छन।

https://www.facebook.com/SingerKrishna90/videos/1514252952034375/

एन आर एन ए मेड्रीडद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा मेड्रीडबासिहरुको बाक्लो उपस्थिति रहेको देखिन्थ्यो भने राष्ट्रिय पोसाक, भेषभुषाका साथै आआफ्नो परम्परागत मौलिक पहिरनमा सुसज्जिएर मेड्रीडबासिले एकआपसमा शुभकामना आदनप्रदान गर्दै नयाँ वर्षको आगमनलाई स्वागत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका स्पेनका लागि महामहिम नेपाली राजदुत श्री भरत बहादुर रायमाझीको हात बाट दीप प्रज्वलन गरि राष्ट्रिय गान सँगै नयाँ वर्ष कार्यक्रमलाई अघि बढाइएका थिए।

विशेष अतिथिका रूपमा गैरआवासीय नेपाली संघ युरोप शाखाका उपसंयोजक एकराज गिरी सँगै नेपाली दुतावासका प्रथम सचिव हरिहर कान्त पौडेल,तृतीय सचिव भोज कुमार भट्टराई,आशा रायमाझीको आतिथ्य रहेको थियो।

उक्त कार्यक्रममा एन आर एन ए केन्द्रिय सचिव जीवन प्रसाईं,संस्थाका संस्थापक अध्यक्ष ज्ञानेन्द्र खरेल तथा संस्थाका पुर्व अध्यक्ष रोशन पाठकको पनि उपस्थिति रहेको थियो भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज स्पेन च्यापटरबाट अध्यक्ष सारदा पौडेलले प्रतिनिधित्व गरेका थिए।

स्वागत तथा शुभकामना आदानप्रदान मन्तव्यको क्रममा राजदुत रायमाझीले,देशको समृद्धिका लागि विदेशमा बस्ने सम्पुर्ण नेपाली समुदाय पनि आआफ्ना पेशामा संगठित भइ एक आपसमा हातेमालो गर्दै विदेशी लगानी भित्र्याउन प्रोत्साहित गर्न आग्रह गर्नुभएको थियो।

‎नयाँ वर्षलाई विविध सांस्कृतिक कार्यक्रमबाट मनोरञ्जनात्मक गर्ने क्रममा स्थानीय कलाकारहरुले दमदार प्रस्तुतिका साथै आकर्षक कल्चर नृत्यले भरपुर मनोरञ्जन गराएका थिए।

‎कार्यक्रमका आकर्षणमा रहेका युवा गायक कृष्ण काफ्लेले आफ्ना चर्चित हिट गीतहरु देखन चम्पा सुनन चम्पा, पर्ख पर्ख मायालु,तिम्रो पिक्चर हिट गीतका साथै विभिन्न समयका सदाबहार गीतहरुले उपस्थित मेड्रीडबासिहरुलाई कार्यक्रमको अन्त्य सम्मै बाँध्न सफल भएका थिए।

कार्यक्रमका अध्यक्षता गरिरहेका एन आर एन ए मेड्रीडका अध्यक्ष उत्तर कुमार राईले २०१२ मा नेपालमा गएको भुकम्प पीडितहरुलाई राहत संकलन अभियानमा ठुलो योगदान तथा सहयोग पुराए बापत मेड्रीड निवासी स्पेनिस नागरिक विक्टोर गोन्थालेज मोयानुलाई सम्मान गरेको थियो।

उक्त सम्मानमा नेपाल र नेपाली प्रतिको माया,सद्भावको कदर स्वरुप नेपाली राजदुत श्री भरत बहादुर रायमाझीको हात बाट निज भिक्टोर गोन्थालेज मोयानुलाई कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमलाई स्थानीय युवा तथा वर्तमान सचिव एन आर एन ए मेड्रीडका उपेस थापा र आइसा मगरले होष्ट गरेका थिए भने सहभागी स्थानीय कलाकारलाई एन आर एन ए मेड्रीडका उपाध्यक्ष मेघनाथ ढकाल तथा केन्द्रिय सचिव जीवन प्रसाईंले सम्मान तथा प्रमाणपत्र प्रदान गरेका थिए।

कार्यक्रमलाई सभापतित्वको तर्फबाट संघका अध्यक्ष उत्तर कुमार राईले नयाँ वर्ष २०७५ को शुभकामना आदानप्रदान साँझ कार्यक्रमलाई समापन गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार