राजकुमार पाठक , स्वीडेन।
अतिथि कलाकारहरु कृष्ण काफ्ले, तुलसी शिवाकोटी र बिनिता लामिछानेले नयाँ बर्ष २०७५ मा स्वीडेनलाई छमछमी नचाए ।
गैर-आबासीय नेपाली संघ, स्वीडेनको आयोजनामा १४ अप्रिल २०१८ का दिन नयाँ बर्ष २०७५ “शुभकामना तथा सांस्कृतिक साँझ” स्टकहोल्मको Kulturhust Skarpnäck मा भब्य रुपमा सम्पन्न भएको छ ।
गैर-आबासीय नेपाली संघ स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अतिथिको रुपमा क्रमश आई. सी. सी. सदस्य प्रबेश कुँबर , निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख संरक्षक चिरन्जिबी खरेल, संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार नविन थपलिया र नेपाल मण्डपका संयोजक सुबाश अधिकारीलाई आसन ग्रहण गराएको थियो ।
कार्यक्रमको शुरुवात नेपाली राष्ट्रिय गानबाट भएको थियो । कार्यक्रममा स्वागत तथा शुभकामना मन्तब्य संघका अध्यक्ष तथा कार्यक्रमका सभापति श्रेष्ठले दिनु भएको थियो ।
कार्यक्रमको संचालन संस्थाका सचिब राज कुमार पाठकले गर्नु भएको थियो भने सह-संचालिकाको रुपमा परिक्षा भट्टराईले गर्नु भएकी थिईन ।
प्राबिधिक तर्फको काम संस्थाका युबा संयोजक प्रमोद अर्यालले हेर्नु भएको थियो भने नेपाल मण्डपका संयोजक सुबाश अधिकारीले बिशेष सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो ।
साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुले नृत्य तथा गायन प्रस्तुत गरेका थिए । चिर परिचित स्थानिय गायक शक्ति लामाको पहिलो प्रस्तुति ” कलकत्ते काइलो” मा सबै जना दर्शकहरुले तालि बजाएर र सँगै गाएर साथ दिएका थिए भने दर्शकहरु सबै जना स्टेजमै पुगी नाचेर गाउदा माहोल नै रोमान्चित बनेको थियो । अर्का स्थानिय युबा गायक अश्बिन श्रेष्ठले पनि गित गाएर दर्शकहरुलाई मनोरंजन दिएका थिए । नृत्यमा स्थानिय कलाकारहरु सिर्जना लामा, दिया श्रेष्ठ, शर्मिला पाइजा, रुजुला गुरुङ, अम्बिका खनाल र कुसुम आचार्य, अम्बिका खनाल र लक्ष्मण खड्काको बेजोड प्रस्तुतिले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो ।
त्यसैगरि गैर-आवासीय नेपाली संघ, स्वीडेनको निमन्त्रणालाई स्वीकार गरि पाल्नु हुने सुपरिचित नेपाली गायक कृष्ण काफ्ले, स्पेन निवासी तुलसी शिवाकोटीले कार्यक्रम स्थललाई निकै रोमान्चित बनाएको थियो ।
आमन्त्रित कलाकारको पहिलो प्रस्तुतिको रुपमा फिनल्याण्ड निवासी बिनिता लामिछानेले आफ्नो गित “मेरो मनै नेपाली छ तनै नेपाली छ” गाएर सुरु गरेकी थिइन भने अर्का स्पेन निवासी गायक तुलसी सिवाकोटीले आफ्नो पहिलो कभर गित ” दर्शक नमस्ते ” बाट सुरु गरि अति नै चर्चित हिट गित ” म त मान्छे सिधा साधा” गाउदा दर्शकहरु उहा संगै गाउन नाच्न स्टेज अगाडी पुगिसकेका थिए ।
नेपाल बाट पाल्नु भएका चर्चित गायक कृष्ण काफ्लेले “देखन चम्पा सुनन चम्पा”, “तिम्रो पिक्चर हिट” र “पर्ख पर्ख मायालु” गीतको मन्त्रमुग्ध पार्ने आवाजले दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । अतिथि कलाकारहरुले दर्शकहरुलाई मनोरंजन गराउन कुनै कसर बाकि राख्नु भएन ।
पहिलो चरणको साँस्कृतिक कार्यक्रमको मध्यान्तरमा छोटो बिश्राम गरि उपस्थित सबैलाई नेपाली खाना खुवाइएको थियो र फेरी लगत्तै साँस्कृतिक कार्यक्रम सुचारु भएको थियो ।
साँस्कृतिक कार्यक्रमको समापन लगत्तै अतिथि कलाकार, स्थानिय कलाकार र आर्थिक सहयोग गर्नु हुने स्वीडेन स्थित नेपाली तथा बिदेशी ब्यबसायीहरुलाई मायाको चिनो स्वरुप सम्मान-पत्र वितरण गरिएको थियो ।आर्थिक सहयोग गर्ने ब्यबसायीहरु तानबिर हसन, बिष्णु नेपाल, कृष्ण कुमार ढकाल, दिनेश श्रेष्ठ, राजन सोडारी, बिजय प्रधान, सन्नी प्रधान, प्रदिप सापकोटा र हरि कोइरा प्रति आभार र कृतज्ञता व्यक्त्त गर्दै वहाहरुको माया अनि सद्भाव सधै नै यस संस्थाले पाउने अपेक्षा गरेको सभापति श्रेष्ठले प्रस्ट्याउनु भयो ।
अन्तिममा कार्यक्रमको समाप्त भएको घोषणा संगै छोटो मन्तव्यमा एन आर एन स्वीडेनले आयोजना गरेको नयाँ बर्ष २०७५ शुभकामना तथा साँस्कृतिक कार्यक्रमको निम्तोलाई स्वीकार गरि उपस्थित हुनु भएका सम्पूर्ण नेपाली दाजु भाई, दिदि बहिनि तथा बिदेशी पाहुनाहरूलाई धन्यबाद दिनु भएको थियो भने काम बिशेषले उपस्थित हुन असमर्थ महानुभाबहरू, कार्यक्रम सफल पार्न खट्नु हुने कार्यसमितिका साथीहरु, नेपथ्यमा बसेर सहयोग गर्ने साथीहरु, त्यस्तै मिठो खाना बनाएर सहयोग गर्नु हुने, नाचेर, गाएर आफ्नो प्रतिभा प्रस्तुत गर्नु हुने कलाकार भाई बहिनिहरू र खाना बनाउन किचेन उपलब्ध गराई सहयोग गर्ने रेष्टुरेन्ट स्पाइसी हटका संचालक महेश केसीलाई आफ्नो व्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट धन्यबाद दिदै आभार प्रकट गर्नु भएको थियो ।