४५ बर्षीय अभिनेता जोन अब्राहमको आकर्षक शरीरको रहस्य के हो ?

४५ बर्षीय अभिनेता जोन अब्राहम बलिउडमा वलिष्ठ र आकर्षक शरीर भएका अभिनेतामा पर्छन्।आफूलाई शाकाहारी मान्ने जोनले माछा र अण्डा भने खाने गर्छन्।

सानो उमेरमा उनी पूर्ण रुपमा शाकाहारी थिए।तर जिम गएर शरीर बनाउन थालेपछि भने प्रोटिनको लागी अण्डा र माछा खान थाले।

दिनमा ८ देखि १० ओटा अण्डा अनिवार्य खाने गरेका जोनले चिल्लो कम भएको र प्रोटिनयुक्त खानेकुरा खाने गर्छन्।

बाहिर होटल,रेस्टुरेण्टमा खाना खान नरुचाउने जोनले खानामा विशेष ध्यान दिने गर्छन्। दुधजन्य परिकार, हरियो सागसब्जी र सलाद उनलाई धेरै मनपर्ने खानेकुरा हो।

साँझ ६ बजेपछि कार्बोहाइड्रेडजन्य खानेकुरा नखाने जोन राती आठ बजे अघि नै रातको खाना खाईसक्छन्। नियमित जिम जाने र दैनिक आधा घण्टा भन्दा धेरै समय दौडिने गर्छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार