एजेन्सी- हिन्दू धर्ममा कैयांै प्रकारका धार्मिक तौरतरिका छन्, जसको हाम्रो जीवनमा गहिरो महत्व छ। कतिपय यस्ता कार्यका पछाडि वैज्ञानिक कारण पनि छन् । प्राचीन परम्पराहरु हाम्रो स्वास्थ्य राम्रो बनाउन बनाइएको पाइन्छ । यस्तै एक परम्परा हो शंख बजाउनु । हिन्दू धर्ममा शंखको महत्वपूर्ण स्थान छ। शंख राख्दा नकारात्मक उर्जा आउँदैंन र नराम्रो शक्ति टाढा भाग्छ । आयुर्वेदमा शंख निकै लाभदायी मानिन्छ । शंख बजाउनाले मूत्राशय, पेटको तल्लो भाग, छाति र गर्धनको मांसपेशीको स्वतः अभ्यास हुन्छ । जानौं शंख बजाउनाका फाइदा :
फोक्सोका लागि फाइदाजनक
शंख बजाउँदा फोक्सोको राम्रो अभ्यास हुन्छ । यदि श्वासका रोगी नियमित रुपमा शंख बजाउँछन् भने यसको पूर्णतः निर्मूृल हुन्छ । शंख बजाउनाले अनुहार, श्वासतन्त्र, श्रवण तन्त्र तथा फोक्सोको अभ्यास हुन्छ । स्मरणशक्ति पनि बढ्छ।
छाला र हड्डीको हेरविचार
शंख छालाका लागि पनि फाइदाजनक हुन्छ । रातको समयमा शंखमा पानी भरेर राख्ने र बिहान उठेर त्यो पानीले शरीरमा मसाज गर्ने हो भने छालासम्बन्धी रोग जस्तै, एलर्जी, सेतो दाग, विविरा आदि निको हुन्छ। शंखमा प्राकृतिक रुपमा क्याल्सियम, गन्धक, फस्फोरस भरपूरमात्रामा हुन्छ । यसका कारण शंखमा राखिएको पानीको सेवनले हड्डी पनि मजबूत हुन्छ । यो दाँतका लागि पनि लाभदायी हुन्छ।
आँखाका लागि गुणकारी
सुख्खा हुने, सुन्निने, संक्रमणजस्ता आँखाको समस्याको समाधानका लागि पनि शंखको उपचारबाट ठीक हुन्छ । यस्ता समस्या हुनेबित्तिकै शंखमा राखिएको पानीलाई हातमा राखेर समस्या भएको आँखा डुबाउने हो भने समाधान हुन्छ र यसका अलावा आँखाको ज्योति बढाउन रातभर शंखमा राखिएको पानीमा उत्तिकै मात्रामा साधारण पानी मिसाउने र आँखा धुनुपर्छ।
हृदयाघातको सम्भावना कम
शंखमा रातभर रााखिएको पानीमा गुलाब जल मिसाएर कपाल धुने हो भने प्राकृतिक रंग आउछ । यो पानीले आँखीभौं, दा¥ही र जुंगा पनि धुन सकिन्छ । यसले रौंमा मुलायमपन आउँछ । शंख बजाउनाले फोक्सोको प्रदूषित हावा बाहिर निस्कन्छ र शरीरले शक्ति प्राप्त गर्छ । प्रतिदिन यस्तो गर्नाले शरीर शक्तिशाली बन्छ र काम गर्ने उर्जा प्राप्त हुन्छ । यसका अलावा शंखको ध्वनी निरन्तर सुन्नु हृदयरोगीका लागि लाभदायी हुन्छ । यसको प्रभावले हृदयाघात हुने सम्भावना कम हुन्छ।
मलद्वार र प्रोस्टेटका लागि फाइदाजनक
शंख बजाउँदा यसको सिधा असर मलद्वार र प्रोस्टेटमा पर्छ । मलद्वारको मांसपेशी मजबूत हुन्छ भने पायल्सलगायतका सानातिना रोग नजिकै पर्दैन । यस्तै यसको असर पुरुषको प्रोस्टेट क्षेत्रमा पर्छ । नियमित शंख बजाउनाले प्रोस्टेटसम्बन्धी रोग लाग्न पाउँदैंन।