खानेपानी मन्त्री विना मगर -तलव खाएपछि जनताको सेवामा केन्द्रित हुनुपर्छ !

तलव खाएपछि जनताको सेवामा समर्पित हुन मन्त्रालयका कर्मचारीहरुलाई खानेपानी मन्त्री विना मगरले आव्हान गरेकी छन् । जनताको सेवामा अबरोध पुर्‍याउने हरेक अप्ठ्यारा तोडिनुपर्ने भन्दै मन्त्री मगरले कर्मचारीहरु जनताको सेवामा केन्द्रित हुनुपर्ने बताएकी हुन् । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले जनताका अपेक्षाहरु पूरा गर्ने बताइन् । सिस्टम, पद्दति, अनुहार त्यही होलान्, तर हाम्रो भूमिका फरक हुनुपर्छ,’ मन्त्री मगरले भनिन्,’हामीले नयाँ ढंगले प्रस्तुत हुन तयार हुनुपर्‍यो । सरकार र हाम्रो मन्त्रालयप्रति जनताले गरेका अपेक्षा हरहालतमा पूरा गर्नुपर्‍यो ।’

कार्यक्रमकै अवसरमा मन्त्री मगरले ललितपुरको भैसेपाटीस्थित बोर्डको नवनिर्मित भवनको उद्घाटन समेत गरेकी छन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्य, खानेपानी मन्त्रालयका सचिव कृष्णराज बिसी लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार