नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिबेला काठमाडौंमा आइपुगेका छन् तर पाइलट अभावले यी सबै उडानमा आउन सकेका छैनन् ।फागुन पहिलो साता चीनको हार्बिनबाट ल्याइएका ६ मध्येका अन्तिम दुईवटा साना विमान वाई १२ ई लाई मंगलबार जहाज चिनियाँ सरकारी एजेन्सी एभिक इन्टरनेसनल र काठमाडौंस्थित चिनियाँ दूतावासले एक समारोहबीच नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्यो । तर, चिनियाँ विमान उडाउने निगमले यी सबै जहाजलाई नियमित व्यावसायिक उडानमा ल्याउन सकेको छैन ।निगमका अनुसार, प्रशिक्षक पाइलट, क्याप्टेन, स्पेरपार्टस्, महँगो बिमा, निगमकै कमजोर व्यवस्थापन चिनियाँ विमानले बेहोर्दै आएका प्रमुख समस्या हुन् ।सडक सञ्जालसँग नजोडिएका दुर्गम र हिमाली भेगका नागरिकलाई सेवा पुर्याउने उद्देश्यले नेपाल सरकारले २०७० मंसिरमा ६ वटा विमानका लागि चीन सरकारसँग सम्झौता गरेको थियो ।
तपाईको प्रतिक्रिया
Loading...