पोर्तुगलमा २५६२ औं बुद्ध जयन्ति भव्य रुपमा सम्पन्न गर्न यसरी गरियो जिम्मेवारी बाँडफाँड

लिस्बोन, पोर्तुगल । पोर्तुगलमा २५६२ औं बुद्ध जयन्ति मनाउन तयारी बैठक सम्पन्न भएको छ । यही अप्रिल ३० तारिख सोमबारका दिन मनाउने वुद्ध जयन्ति भव्य रुपमा सम्पन्न गर्न मूल आयोजक समिति र उपसमितिहरुको संयुक्त बैठक भएको हो ।

बैठकले उपसमिति र संस्थाहरुलाई विशेष जिम्मा समेत तय गरेको छ । जिम्मेवारी बाँडफाँडमा निम्ता र पत्रचार गर्न मूल समितिका संयोजक पर्यटनदुत रमेशकुमार गुरुङ, विदेशी अतिथि निमन्त्रणा तथा व्यवस्थापन उपसमितिमा संयोजक पेम्बा शेर्पा र सदस्य सचिव निराजन सुवेदीलाई जिम्मा दिइएको छ । ब्यानर तयारी पनि गुरुङले गर्नेछन् ।

यही अप्रिल ३० तारिखका दिन मनाईने बुद्ध जयन्ति रोस्सियोको प्रासा दि कमर्सियोबाट ३:४५ बजे शुरु भई मार्तिम मोनिज पार्कमा पुजाआजा सहित समापन गरिने भएको छ। र्यालीको लागि चाहिने प्लेकार्डको सम्पुर्ण जिम्मा शेर्पा समाजले लियको छ ।

बाजागाजा, झाँकी र भेषभूषाको संयोजन नेपाल आदिवासी जनजाति महासंघका महासचिव मदम लिम्बुले गर्नेछन् ।पुजा, फलफूल र प्रसादको सम्पुर्ण जिम्मा तथा संयोजन शेर्पा एशोशियशनका अध्यक्ष वाङ्गेल लामा र तामाङ समाजले गर्नेछन् । हाल व्यवस्थापनको जिम्मा पेम्बा शेर्पाले लिएका छन्।

साउन्ड सिष्टमको व्यवस्था गैह्र आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदले गर्नेछ । आर्थिक सङ्कलनको जिम्मा शम्भु गौतमको समूहले गर्नेछ ।

चितवन समाज पोर्तुगलले कार्यक्रममा सहभागी सबैलाई पिउने पानीको व्यवस्था गर्ने कुरा समाजका अध्यक्ष तुलसीराम थपलियाले भोइस अफ नेपाललाई जानकारी दिएका छन् ।

कार्यक्रम भव्य रुपमा सम्पन्न गराउन प्रचार प्रसारको लागि पोर्तुगलमा रहेका सम्पुर्ण पत्रकारहरु र मिडियाकर्मीहरु तथा “नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगल” समन्वय गर्ने जिम्मा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याललाई दिईएको छ । पोर्तुगलमा रहेका सम्पुर्ण पत्रकारहरु र मिडियाकर्मीहरुलाई प्रचार प्रसारमा सहयोग गर्न संयोजक गुरुङले अनुरोध गरेका छन् ।

बैठक एभरेष्ट नेपाल रेष्टुरेन्ट आन्जुसमा बसेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार