गाडी भाडाको विषयलाइ लिएर प्रहरी र विद्यार्थीबीच झडप

झापाको दमकमा शुक्रबार दिउँसो प्रहरी र विद्यार्थीबीच झडप भएको छ । यातायात मजदुरले गाडीमा चढ्न नदिएको तथा दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका दमक बहुमुखी क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप भएको हो । झडपका क्रममा विद्यार्थीको ढुंगा प्रहारबाट केही गाडीमा क्षति पुगेको छ ।

सरकारले दिएको छुटअनुसार यातायात मजदुरले विद्यार्थीलाई गाडीमा चढ्न नदिएपछि क्याम्पस पढ्न गाह्रो भएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका हुन् । गत चैत २३ गते स्वतन्त्र विद्यार्थी युनियन, यातायात व्यवसायी र प्रहरीबीच सरकारी छुटअनुसार ४५ प्रतिशत सहुलियतमा विद्यार्थीलाई गाडीमा चढ्न दिने सहमति जुटेको थियो । विद्यार्थीहरुले सडक अवरुद्ध गरेपछि दिउँसो १ देखि ३ बजेसम्म पूर्व(पश्चिम राजमार्ग ठप्प भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार