केही दिनअघि सुरु भएको नयाँ वर्षदेखि फेसबुक बन्द गराउने कुरामा कुनै सत्यता नभएको संचार मन्त्रालयले स्पष्ट पारेको छ ।
नेपालमा सञ्चार तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ । पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक बन्द गर्ने अफवाह फैलाइएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरेर यसबारे ध्यानाकर्षण भएको जनाएको छ र फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने हल्लाको खण्डन गरेको छ । गलत सूचना फैलाउनेलाई कारबही गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई भनिएको मन्त्रालयले जनाएको छ ।