नेपाली मेला पोर्तुगलमा मोना बिशेष सांस्कृतिक प्रस्तुतीका साथ सहभागी हुने – सक्रिय सहभागिताको लागि सबैमा आव्हान

गैर आवासीय नेपाली संघ पोर्तुगलको आयोजनामा राजधानी लिस्बोनमा सम्पन्न हुन गईरहेको प्रथम नेपाल महोत्सव ” नेपाली मेला” मा म्याग्देली प्रवासी नेपाली संघ (मोना) बिशेष साँस्कृतिक प्रस्तुतीका साथ सहभागी हुने भएको छ।

लिस्बोनमा हुन गईरहेको प्रथम नेपाल महोत्सवमा नेपाल र नेपाली संस्कृती झल्किने विभिन्न झाँकी, नृत्य, संगीत, भेषभुषा, खानाका साथै नेपाली हस्तकलाका सामग्रीको प्रदर्शन समेत हुनेछ। सो महोत्सवमा नेपाली कला र संस्कृतीलाई अन्तरास्ट्रिय समुदायसम्म परिचित गराउने उद्धेश्य रहेको बताईएको छ।

सोही अवसरमा मोना पोर्तुगलले पनि मोहन बाबुजको संयोजनमा म्याग्देली संस्कृति झल्किने झाँकी तथा नृत्यको तयारी भयको जानकारी एन आर एन ए तथा मोना पोर्चुगलका सल्लाहकार सुर्य भट्टचनले भोइस अफ नेपाललाई दिनुभएको छ।

प्रवासमा नेपाली संस्कृतिको जगेर्ना र सामाजिक कार्यमा अग्रणी सामाजिक संस्थामा मोनाले उच्च स्थान बनाएको छ। बिदेशी भुमिमा खेलकुदमा पनि मोनाको सक्रिय सहभागिता र सहयोग रहदै आएको छ।

लिस्बोनमा हुन गईरहेको प्रथम नेपाल महोत्सव ” नेपाली मेला ” लाई सफल बनाउन मोनाले सम्पुर्ण पोर्चुगलवासी नेपालीहरुलाई सक्रिय सहभागिताको लागि आव्हान समत गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार