“खोज्दै होला चौतारीले खोज्दै होला गाउँ बेसीले, नभन है संगीसाथी माया मर्यो परदेशीले” नेपालको रमणीय स्थल पोखरालाई चटक्क छाडेर हाल लण्डनमा बस्दै आएका युवा गायक सुजन पराजुलीको सांगीतिक माध्यमबाट घरदेश र परदेशको सम्झनास्वरूप ‘माया मार्यो परदेशीले’ बोलको गीतको म्यूजिक भीडीयो सार्वजनिक भएको छ ।
लोकप्रिय गायक कृष्ण देवकोटा र चर्चित गायिका देवी घर्तीको साथमा सुजन पराजुलीले आफ्नो सुमधुर स्वर दिएका छन् । परदेशमा रहेको मयालुको प्रतिक्ष्यामा रहँदाको पीडा र आफ्नै बाध्यताले पटक पटक भाका सारेर मायालुको सपना पूरा गर्न नसकेको परदेशीको ब्यथाले भरिएको कथाव्यथालाई गीतमार्फत ब्यक्त गर्न खोजिएको छ । महेन्द्र गौतम र रिचा थापाको जोडदार अभिनय रहेको यस गीतको म्यूजिक भीडीयोको निर्देशन दिलिप रेग्मीले गरेका छन् ।
कृष्ण देवकोटाको शब्द संगीत रहेको यस गीतको म्यूजिक भीडीयोको सम्पादन रबिन बि.क. ले गरेका छन् भने मरुभूमी नारायणको छायांकन रहेको छ । गाउबेसी र चौतारीको मनोरम प्राकृतिक सौन्दर्यता सहितको दृश्यले गीतका शब्दहरुलाई अझ मौलिकता प्रदान गरेको छ । गायन क्षेत्रका एक सफल अनि सुमधुर स्वरका धनि युवा गायक सुजन पराजुलीले स्थानीय कार्यक्रमहरुमा बेलायातवासिहरुलाई मनोरंजन प्रदान गर्दै आएका छन् । गीतमा गाउँबेसी र भन्ज्यांग अनि चौतारीको उल्लेख गरिएको र छायांकनमा पनि शब्दले खोजे अनुरुपको दृश्यलाई कैद गरिएको हुँदा यस लोक भाकालाई सबैले मन पराउने आशा राखेको गायक सुजन पराजुलीले बताएका छन् ।