१५ अप्रिल चर्चित गायक कृष्ण काफ्ले मेड्रीड आउँदै

मेड्रीड।

देश विकास र समृद्धिको बाटोमा उन्मुख भइरहेको बेला स्पेनबासी नेपाली जनसमुदायहरु भने मेड्रीडमा नयाँ वर्ष सँगै चर्चित गायक कृष्ण काफ्लेसँग झुमिने भएका छन।

यसै वर्ष नेपाली राजदुतावास स्थापना भएको खुशियाली सँगै नेपाली नयाँ वर्ष २०७५ लाई भव्यताको साथ मनाउन अन्तिम तयारीमा जुटेको एन आर एन ए स्पेनका केन्द्रिय सचिव जीवन प्रसाईंले जानकारी दिएका छन।

गैरआवासीय नेपाली संघ मेड्रीडले आयोजना गर्न लागेको नयाँ वर्ष २०७५ को उक्त शुभकामना आदन-प्रदान साँझमा स्पेनका लागि महामहिम राजदुत श्री भरत बहादुर रायमाझीको प्रमुख आतिथ्य रहने छ।

स्थानीय कलाकारहरुको बाहुल्यता रहने यस कार्यक्रमका आकर्षणमा अहिलेका चर्चित तथा व्यस्त गायक कृष्ण काफ्ले रहने छन।

मायालुलाई पर्खन आग्रह गर्दै मेड्रीडबासिलाई नचाउन तथा भरपुर मनोरञ्जन प्रदान गर्नका लागि यही आउँदो आइतबार अप्रिल १५ मा रेल चढी मेड्रीड आउने गायक काफ्लेले मेड्रीडबासी सँग वाचा गरेका छन।

स्थानीय कलाकार भाइबहिनीहरुको पनि बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा सहभागी भै निज भाइबहिनीहरुलाई प्रोत्साहन तथा हौसला प्रदान गर्न विभिन्न पेशामा आबद्ध सम्पूर्ण पेशाकर्मि नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा आयोजकको तर्फबाट संघका अध्यक्ष उत्तर राईले अनुरोध गरेका छन।

संघको उद्देश्य चाडपर्व मनाउनमा मात्र सिमित नरही यसले आयोजना गर्ने हरेक सामाजिक कार्यमा युवाहरुलाई उत्तिकै अग्रसर तथा सहभागी गराउन पनि प्रमुख उद्देश्य रहेको एन आर एन ए मेड्रीडका उपाध्यक्षद्वय मेघराज ढकाल र सुजिल गोलेले जानकारी गराए।

युवाहरुमा उच्च मनोबल बढाउन आत्मनिर्भरता,सामाजिक दायित्व तथा मानसिक विकासको लागि पनि एन आर एन ए मेड्रीडले यस्तै किसिमको विविध कार्यक्रमहरु गर्दै आएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार