क्षेत्री समाज युकेको छैटौं अधिवेशन सम्पन्न, राजनकुमार क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

लन्डन– क्षेत्री समाज बेलायतमा नयाँ नेतृत्व चयन भएको छ ।

आइतबार लन्डनमा सम्पन्न संस्थाको छैटौं अधिवेशनले राजनकुमार क्षेत्रीको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको हो । उपाध्यक्षमा टेक जिसी, यज्ञ क्षेत्री र प्रतिमा केसी, महासचिवमा कुमार केसी, सचिवमा उत्तम खत्री, कोषाध्यक्षमा सेविका जिसी र सहकोषाध्यक्षमा महेन्द्र केसी निर्विरोध भएका छन् ।

त्यस्तै, जनसम्पर्क सचिव दिलबहादुर जिसी, महिला संयोजक श्रद्धा थापा, साँस्कृतिक सचिव गिता रायमाझी र मिडिया संयोजक नरेन्द्र बस्नेत चयन भएका छन् । कार्यसमितिको सदस्यहरुमा टोपबहादुर राउत, दुर्गा बानियाँ, सुनिल खड्का, सरोजकुमार थापा, मनिषकुमार थापा, मनीष खड्का र ईन्द्र क्षेत्री चुनिएका छन् ।

अधिवेशनको पहिलो सत्रमा लण्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन, क्षेत्री समाज नेपालका पूर्वअध्यक्ष डा दिलबहादुर जिसी, क्षेत्री समाज यकेका संस्थापक अध्यक्ष कृष्णबहादुर क्षेत्री, समाजका प्रमुख संरक्षक ध्रुव केसी, एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य, पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमममा एनआरएन यूकेका उपाध्यक्ष ललित न्यौपाने,महासचिव आर.के.त्रिपाठी,सहित विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो । तस्बिर– नरेन्द्र बस्नेत

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार