वर्षाका कारण डीपीएलको पहिलो खेल रद्द, यस्तो छ डीपीएलको अंकतालिका

धनगढी – रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत आइतबार (आज) को महेन्द्रनगर युनाइटेड र काठमाडौं गोल्डेन्सबीचको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।


खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाडेका छन्। हिजो राति र गएराति परेको वर्षाका कारण मैदान हिलाम्य भएपछि दआजको पहिलो खेल प्रभावित भएको हो।

यो सँगै काठमाडौं ५ खेलमा ९ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै छ भने महेन्द्रनगर ६ अंकका साथ तेस्रो स्थानमा छ। यी दुवै टोली यसअघि नै प्रतियोगिताको प्लेअफमा प्रवेश गरेका छन्।

डीपीएलकाे तालिका

टोली खेल जित हार बराबर अंक रनरेट
काठमाडौं गोल्डेन्स ४ ४ ० ० ८ १.१४८
टिम चौराह धनगढी ५ ३ २ ० ६ –०.०१५
महेन्द्रनगर युनाइटेड ४ २ १ १ ५ ०.४६१
विराटनगर किङ्स ४ २ २ ० ४ ०.२६३
सिवाइसी अत्तरिया ४ १ २ १ ३ १.२९७
रूपन्देही च्यालेन्जर्स ५ ० ५ ० ० –२.६४८

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार