२५ वर्ष पूरा गर्यो मंगोलियन हार्टले – भव्य सांगीतिक कार्यक्रम गर्दै मनाउदैछ ब्यान्डले रजत जयन्ती

काठमाडौं – देश तथा बिदेशमा ख्याती प्राप्त मंगोलिन हार्ट व्यान्डले आगामी बैशाख ८ गते आफ्नो रजत महोत्सव मनाउँदैछ ।

चुच्चेपाटीस्थित हायत ग्राउण्डमा मनाउन लागिएका रजत महोत्सवको अवसरमा कन्सर्टको आयोजना हँुदैछ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको म्यानेजर तथा व्यान्डका बरिष्ठ गिटरिष्ट बबी लामाले जानकारी दिएका छन् ।

मंगोलियन हार्ट ब्यान्डका निक्कै नै चर्चित र लोकप्रिय गायक राजु लामाले सबै नेपालीहरुलाई धन्यवाद दिनको लागि रजत महोत्सवको उपलक्ष्यमा ‘ग्रेन्ड लाईभ कन्सर्ट’ आयोजना गर्न लागिएको बताए ।

‘कार्यक्रम मंगोलियन हार्टले २५ औं वर्ष पूरा भएकोमा अवसर पारेर सबै शुभचिन्तक र दर्शकहरुलाई धन्यवाद गर्न लागिएको हो ।’ लामाले थपे ‘नेपाली स्रोता, दर्शकहरुसँग खुशी बाँड्न चाहन्छु ।’

कन्सर्टको मुख्य उद्देश्य भने संगीत प्रेमीहरुलाई ‘एक भएर देशलाई अगाडि बढाऔं’ भन्ने रहेको छ । कन्सर्टमा ब्याण्डले आफ्ना चर्चित नयाँ तथा पुराना गीत पस्कनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार