काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशले विभिन्न १२ बुँदासहितको संयुक्त वक्तव्य निकालेका छन् ।
ओलीको पहिलो कार्यकालको भ्रमणमा दुई देशबीचको तिक्ताका कारण संयुक्त वक्तव्य निस्कन सकेको थिए । तर, यो पटक भने दुवै देशले ओलीको भ्रमणका क्रममा भएका समझदारीसहितका विषयलाई समेटेर संयुक्त वक्तव्य निकालेका हुन् ।
संयुक्त वक्तव्यमा दुई देशबीच भएका समझदारीका विषय पनि समेटिएको छ । जसमा पेट्रोलियम पाइपलाइन, वीरगन्जको एकीकृत भन्सार जाँच चौकी तथा कृषिसम्बन्धी सहयोगका विषय पनि समेटिएका छन् ।
दिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको सम्बोधनपछि दुई देशबीचको संयुक्त विज्ञप्ति
आएको हो ।
संयुक्त विज्ञप्तिको पूर्ण पाठ