मन्त्रीकै घरबाट ६ लाख रुपैँया बराबरको धनमाल चोरी

काठमाडौं । शुक्रबार (आज) एक मन्त्रीको घरबाट करिब ६ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । पछिल्लो समयमा काठमाडौंमा चोरीका घटना बढ्दै गएको समयमा प्रदेश ३ का भौतिक पूर्वाधार तथा निर्माण मन्त्री केशव स्थापितको महांकालस्थित घरमा चोरी भएको हो।


मन्त्री स्थापितको घरमा काम गर्ने एक महिलालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । शंकास्पद व्यक्तिहरुमाथि छानबिन भइरहेको बौद्ध वृत्तका डिएसपी अच्युत पुडासैनीले बताएका छन् ।

महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार ढोकाको ताल्चा फुटाएर चोरी भएको हो । मन्त्री स्थापितका छोराले प्रहरीमा उजुरी गरेपछि अपराह्न करिब ५ बजे प्रहरी उनको घरमा पुगेको थियो । प्रहरीका अनुसार स्थापितको घरबाट सुन लगायत धनमाल चोरी भएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार