प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै

प्रधानमन्त्री ओली र उहाँका भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, अनौपचारिक भएको भेटमा दुबै प्रधानमन्त्रीबीच एक्ला एक्लै वार्ता हुँदै

नयाँ दिल्ली । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेट गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री ओली अहिले मोदीलाई भेट्न लोक कल्याण मार्गस्थित भारतीय प्रधानमन्त्रीको निवास पुग्न लाग्नु भएको हो । दुई प्रधानमन्त्रीबीच एक्ला–एक्लै हुन लागेको अहिलेको भेटलाई ‘अनौपचारिक’ भनिएको छ । उनीहरुबीच औपचारिक भेट भने भोलि विहान ११ बजे हैदरावाद हाउसमा हुनेछ ।

प्रधानमन्त्री ओलीले भोलि विहान ९ बजे भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग शिष्टाचार भेट गर्नुहुने छ । दस बजे राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर फर्किएपछि प्रधानमन्त्रीस्तरीय वार्ता हुने छ । दुई पक्षबीच भएका सहमति संयुक्त पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने छ ।

भोलि नै ओली र मोदीले संयुक्तरुपमा पञ्चेश्वर जलविद्युत आयोजनाको शिलान्यास तथा वीरगञ्जमा निर्मित एकीकृत जाँच चौकीको उद्घाटन गर्ने कार्यक्रम छ । भारत भ्रमणको अन्तिम दिन आइतबार प्रधानमन्त्री ओली उत्तराखण्डको पन्तनगरस्थित कृषि विश्वविद्यालयको कार्यक्रममा सहभागी हुनुहुने छ ।

त्यहाँ विश्वविद्यालयले ओलीलाई सम्मानार्थ विद्यावारिधीको उपाधी प्रदान गर्ने छ । प्रधानमन्त्री ओली आइतबार साँझ ६ बजे स्वदेश फर्किनु हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार