खानाबाट हरेक जीव तथा बोटविरुवाले शक्ति प्राप्त गर्दछन् । सम्पूर्ण जीवनको आधार खाना हो । त्यहीँ खाना अव्यवस्थित र मात्रा मिलाएर खाएमा त्यसले शरीरलाई हित गर्छ, शरीरमा उर्जा थप्छ र शरीरलाई स्वस्थ राख्छ । त्यसैगरी खानाकै कारण कैयौँ जटिलभन्दा जटिल रोगको उत्पत्ति पनि हुन्छ । तसर्थ हामीले खानामा विशेष ध्यान पुर्याउन सक्यौ भने धेरैभन्दा धेरै रोगहरुबाट उन्मुक्ति पाउन सक्छौ । खानामा यस्ता चिजहरु समावेश गरेर खाएमा दिनभर फूर्तीका साथ काम गर्न सकिन्छ ।
बदाम
क्याल्सियम, फाइबर, प्रोटीन र पोटेसियमले भरपूर बदाम दिनदिनै सेवन गर्दा स्मरणशक्ति बढ्छ । यसबाहेक खाली पेटमा भिजाएको सातआठवटा बदाम खाँदा दिनभरि शरीरलाई ऊर्जा मिल्छ ।
मुँगको दाल
मुँगको दाल उमालेर वा अंकुरित गरेर खाँदा पनि स्टामिना बूस्ट हुन्छ । भिटामिन सी र बीले भरपूर मुँगको दाल सेवन गर्दा स्वास्थ्य गजबको हुन्छ ।
चुकन्दर रस
दिनदिनै चुकन्दरको रस पिउँदा मांसपेशीहरू बलिया हुन्छन् अनि शरीरलाई ऊर्जा पुग्छ ।
अंकुरित चना
बिहान नियमित रूपमा खाली पेट अंकुरित चना खाँदा दिनभरि शरीरमा ऊर्जा रहन्छ । तीस ग्राम टुसा पलाएको चना खाँदा शरीरमा प्रोटीन, भिटामिन र पोषक तत्त्वको कमी पूरा भएर स्टामिना बढ्छ ।
केरा
बिहान एउटा केरा खाँदा रोगप्रतिरोधक क्षमता बढ्छ र शरीरलाई ऊर्जा प्राप्त हुन्छ । यसबाहेक दिनमा सुस्तता आयो वा लो फील हुँदा जम्मा एउटा केरा खानुस् । सुस्तता भाग्छ ।
पालुंगो
स्टामिना बढाउनका लागि पालुंगोको सूप, जुस वा सागपात सेवन गर्नु सबभन्दा राम्रो विकल्प हो । दिनबाट एकचोटि पालुंगोको सूप वा जुस पिउँदा घन्टौंसम्म ऊर्जा पाइन्छ ।
दाल
दिनभरि आफूलाई ऊर्जाशील राख्न चाहनुहुन्छ भने बिहानै दाल खाने गर्नुस् । यसले तपाईंलाई ऊर्जाशील बनाउनुका साथै पेटको रोगबाट पनि मुक्ति दिलाउँछ ।