नेपालमा करिब ३ लाख व्यक्ति अटिजम प्रभावित

काठमाडौँ — विश्व अटिजम सचेतना दिवसका अवसरमा सोमबार देशमा विभिन्न भागमा र्याली तथा विभिन्न कार्यक्रम गरी सचेतना कार्यक्रम गरिएको छ। यसै सन्दर्भमा काठमाडौँ र पोखरामा पनि प्लेकार्ड सहितका सचेतना र्याली सम्पन्न भएको छ। । विश्व स्वास्थ्य संगठनका अनुसार १६० मध्ये १ जनालाई अटिजम स्प्रेक्टम डिसअर्डर (एएसडी) हुने गरेको छ ।

बाल्यकालमा सुरु हुने यो समस्या किशोरावस्था एवं वयस्कसम्म रहन्छ । स्वभावजन्य असामान्यता, सामाजिक अन्तरक्रियामा कमी र सञ्चार/संवादविहीन स्वभाव अटिजमका प्रमुख तीन पहिचान हुन् । अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यका अनुसार नेपालमा करिब ३ लाख व्यक्ति अटिजम प्रभावित छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार