म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय समिति मोना प्रोचुर्गलले अलेन्तेजो क्षेत्रमा क्षेत्रिय समिति गठन गरेको छ।
म्याग्दीमा जन्म भई बिभिन्न देशमा कर्मभुमि बनाएको नेपालीहरु एकजुट भई समंग्र म्याग्दीको बिकासका लागि हरेक क्षेत्रमा सहयोग पु¥याउदै आएको मोनाले प्रोचुर्गलको अलेन्तेजो क्षेत्रमा एनआरएनका सदस्य वकिल केसीको संक्रियतामा क्षेत्रिय समिति गठन गरेको हो ।
२३ सदस्य समितिको संयोजकमा गणेश बानियाँ,उपसंयोजकमा मणिरत्न पांैडेल,रत्न बरुवाल,बिष्णु क्षेत्री,शंकर क्षेत्री,मिनकुमारी पुन,सचिवमा धनुष छन्त्याल,कोषाध्यक्ष कमल खड्का,सहसचिवमा मिन बहादुर गर्वुजा, कृष्णा चोखाल सहकोषाध्यक्षमा प्रकाश थापा मगर चयन भएका छन । सदस्यहरुमा केसन पौडेल, बिष्णु राम्जाली, राजु रोका,लाल प्रसाद पाईजा,कुल प्रसाद गर्वुजा,समिक्षा पुर्जा मगर,पुषोत्तम थापा,हिमाल शर्मा,राम बहादुर पाईजा,यालाल पौडेल,दिप शाही राजु शिपाली चयन भएको बकिल केसीले जानकारी दिएका छन ।
मोनाका सदस्य डम्मर केसीको अध्यक्षता,मोना अन्तराष्ट्रिय समितिका सदस्य राजन थापाको स्वागत रहेको कार्यक्रममा बोल्दै पं्रमुख अतिथी मोना प्रोचुर्गलका अध्यक्ष कुमार राम्जालीले यस क्षेत्रिय समितिले पनि म्याग्दीको बिकासको लागि मोना पं्रोचुर्गल मार्फत सहयोग गर्ने बताउदै यस यस क्षेत्रमा म्याग्देलीहरुको ठुलो समूह रोजगारीको लागि भएकोले पनि क्षेत्रिय समिति गठन गरिएको बताए ।
कार्यक्रममा एनआरएन प्रोचुर्गलका सल्लाहकार सुर्जे भटचन,सदस्य वकिल केसी,मोना आइसिसीका युरोप संयोजक लछ्ुमण गर्वुजा लगायतले बोलेका थिए । मोना प्रोचुर्गलले म्याग्दीको स्वास्थ्य, शिक्षा,सामाजिक बिकास,बिकास निर्माणको कार्यहरुमा योगदान पु¥याउदै आएको छ ।