वेपत्ता दुई पर्यटकको सिम्रिक एयरको हेलिकोप्टरबाट यसरी गरियो उद्धार (फोटो फिचर )

– छेटु शेर्पा

धौलागिरी पास गरेर फर्कने क्रममा तीन हजार ५ सय मिटरको थापापासमा बेपत्ता भएका चेकरिपब्लिक नागरिक कमिल मोराभेक र जीरी कालाबिसलाई रेस्क्यू गर्दै सिम्रिक एयरको हेलिकोप्टरका प्राविधिक। तस्बिर सौजन्य : सिम्रिक एयर प्रालि

काठमाडौं : गाईड बिना धौलागिरी पास गरेर फर्कने क्रममा तीन हजार पाँच सय मिटरको उचाईमा बेपत्ता भएका दुई विदेशी पर्यटकको सिम्रिक एयरको हेलिकोप्टरले शनिबार उद्धार गरेको छ। भिरको बीचमा रहेका चेकरिपब्लिकन नागरिक कमिल मोराभेक र जीरी कालाबिसलाई सिम्रिक एयरको हाइअल्ट्रिच्यूट लङलाइन रेस्क्यू टिमले उद्धार गरेको हो।

विगत १८ बर्षदेखि उद्धारमा सेवा दिदँ आएको एक मात्र सिम्रिक एयरको लङलाइन रेस्क्यू दक्ष पाइलट क्याप्टेन सुरेन्द्र पौडेल, रेस्क्यू विशेषज्ञ छिरिङ पाण्डे भोटे र राष्ट्रिय पर्वतारोहण पथप्रर्दशक सोनाम छिरिङ लामाको टिम उद्धारमा खटिएको थियो।

खराव मौसमले दुई दिनदेखि पाँच सय मिटर भन्दा अग्लो भिरमा रहेको खोचमा फसेको अवस्थामा उनीहरुको उद्धार भएको रेस्क्यू विशेषज्ञ भोटेले बताए।

कमिल वाया खुट्टा भाँचिएर घाइते छन्। सिम्रिक एयर प्रालिले अमेरिका र स्वीजरल्याण्डबाट तालिम प्राप्त दक्ष पाइलट र प्राविधिकसहित हाइअल्ट्रिच्यूट लङलाइन रेस्क्यू गर्दै आएको छ। पर्वतारोहणका क्रममा फसेका, विरामी भएकालाई लङलाइन (डोरी र अन्य सामाग्रीको सहयोगले) उद्धार गरेर सुरक्षित गरिन्छ। नेपालमा हालसम्म लङलाइन रेस्क्यू गर्ने सिम्रिक एक्लो हेलिकोप्टर कम्पनी हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार