“ईयुको प्रतिवेदन एकदम सही छ ” : उपेन्द्र यादव

– अवधेशकुमार झा
राजविराज — संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले युरोपियन युनियनको प्रतिवेदन सही रहेको दाबी गरेका छन् । संघीय प्रेस फोरम सप्तरीद्वारा आइतबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा यादवले युरोपियन युनियनले निर्वाचन पर्यवेक्षण पछि दिएको प्रतिवेदनको प्रशंसा गर्दे सरकारले उक्त प्रतिवेदनको विरोध गर्नु अपरिपक्क कदम भएको टिप्पणी गरे ।

‘जसको दुबै आँखा देख्छ त्यसलाई अन्धो, जो दुई खुट्टामा दौडन सक्छ उ अपाङ’ भनेजस्तै शासकवर्गलाई आरक्षण सपाङलाई अपाङ बनाउनुसरह हो’ फोरम अध्यक्ष यादवले भने, ‘समावेश हुन नसकेकालाई पो समावेशी आरक्षण दिने हो, जो शासक छन् उसलाई के को आरक्षण चाहियो ?’ यादवले ईयुको प्रतिवेदनको विरोध गरिनु भावावेशमा गरिएको अपरिपक्क कूटनीति भएको बताए ।

अपरिपक्क कुटनिती देशहितमा नरहेको बताउँदै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवले कमजोर कूटनीतिक प्रयासलाई सुधार गर्न सरकारलाई आग्रह गरे । वर्तमान सरकारमा फोरम तत्काल जाने कुनै चाहना नभएको प्रस्ट्याउँदै यादवले सरकारमा निसर्त होइन सर्तसहित जान तयार रहेको बताए । उनले संविधान संशोधन र सरकारमा पार्टीको भूमिकाका विषयमा सहमति भए सरकारमा जाने प्रस्ट्याए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार