रविको टिमले जवाफ माग्दा प्रहरीको भागाभाग, तस्कर नै सिधाकुरालाई घुस दिन आए, रुवाउने स्काईप कल (भिडियो)

शनिबारको विदामा धेरै काम सक्नु पर्ने हुन्छ तर कुनै एउटा औपचारिक कार्यक्रममा जाने बित्तिकै पुरै दिन सकिन्छ । कारण यहाँ हरेक व्यक्ति बरिष्ठ ११ बजे शुरु हुने भनिएको कार्यक्रममा मिनिमम एक घण्टा प्रमुख अतिथिलाई कुरेर बित्छ । अनि शुरु हुन्छ आसन ग्रहणको लर्को । मञ्चमा राखिएका सारा कुर्सी फुल भैसक्दा पनि आसन ग्रहण सकिदैन,कार्यक्रम चल्दा चल्दै ढिला गरी आइपुगेकाहरुको नाम निरन्तर लिइन्छ।

समयको यो भन्दा ठुलो बर्बादी केही होइन । त्यसपछि शुरु हुन्छ मन्तव्य । मन्तव्य शुरु हुन अघि आँखाले भ्याए जति सबका सबको नाम लिनै प¥यो सम्बोधनमा । भाषण हुन्छ फेरी अधिकांश थर्ड क्लास । न कुनै विचार, न कुनै वजन भएको न त केही नौलो र इन्टे«स्टीङ । पालै पालो बोलेको बोल्यै, बोलेको बोल्यै गरेर पुरा दिन खराब गरिदिन्छन् । यस्तो बे अर्थको बेष्ट अफ टाइमलाई चेन्ज गर्न सकिदैन ? सकिन्छ मजाले सकिन्छ । १ घण्टा भन्दा बढी समय केहिमा पनि लाग्दैन तर लामो लामो सम्बोधन, आएका जति सबका सबको आसन ग्रहण, प्रमुख अतिथीको कुराई बन्द हुनु पर्छ ।

कोही कोही बक्ता त फेरी यति स्लो बोल्छन् कि एउटा शब्द बोलेपछि अर्को शब्द निकाल्नु भन्दा पहिले ३ राउण्ड टाउको घुमाउँछन् । भाषण सकियो होला भनेर दंग त्यती खेर परिन्छ जब वतmाले अन्त्यमा भन्ने शब्द उच्चारण गर्छन । तर भ्रममा नपर्नुस र अन्त्यमा भनेको १५ मिनेट अघि भाषण सकिदैन । बिजोक त विदेशमा हुने कार्यक्रममा हुन्छ । हरेक व्यक्ति कुनै न कुनै संस्थाको अध्यक्ष वा पदाधिकारी हुन्छ नै । कथम कदाचित कुनै संस्थाको अध्यक्ष वा पदाधिकारी नभए अर्को संस्था खोलेरै भएपनि अध्यक्ष बनेकै हुन्छ ।

जब कुनै कार्यक्रम हुन्छ, दर्शक दिर्घामा भन्दा मञ्चमा आसन ग्रहण गर्नेहरु धेरै हुन्छन् । कुनै पनि कार्यक्रम सक्न एक घण्टा भन्दा बढी समय लाग्दैन । चिया र बिस्कुट खुवाएर समयको नास गर्दै आफ्ना बेतुकका भाषण सुनाएर सबका सबलाई बोर नगरौ र आफ्नो अमुल्य समय गस्ता गफाडीहरुको गफ सुनेर खेर नफालौँ । एक घण्टा भन्दा बढी समय लगाउने कार्यक्रम आयोजकहरुलाई बहिस्कारै नगरेपनि मुख भरीको जवाफ चाँही दिन शुरु गरौं ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार