भगवान विष्णुलाई सृष्टिको पालनहार हुन्।जबजब धर्तीमा पाप र अत्याचार बढ्दै गयो विष्णु भगवानले विभिन्न अवतारमा प्रकट भएर पापीहरुको नस्ट गरे धर्मको र धर्मात्माको रक्षा गरे।
विष्णु मात्र एक यस्ता भगवान हुन् जसले धर्मात्माको रक्षा, दुष्टको विनाश र धर्म पुनस्थापनाको लागी बिभिन्न युगमा अलग-अलग अवतार लिए।
विष्णुले जम्मा चौवीस अवतार लिएका थिए। ति मध्ये दश अवतार विशेष छन्।ति दश अवतार हुन्- मत्स्य,कूर्म,वराह,नृसिंह,वामन,परशुराम,राम,कृष्ण,बुद्ध,कल्की।
विष्णुको पहिलो अवतार मत्स्य अवतार हो भने अन्तिम अवतार कल्की अवतार हो।कल्की अवतार कलियुगको अन्तिममा हुनेछ।
विष्णुका अन्य अवतारको बारेमा त सबैलाई थाहै भएको कुरा हो। तर कल्कि अवतारको बारेमा भने यस्तो लेखिएको छ- कल्की निष्कलंकर परम दिव्य हुनेछन्।कल्की सेतो घोडामा सवार हुनेछन् र कल्कीको रंग गोरो हुनेछ तर रिसमा उनी काला पनि देखिन सक्नेछन्।कल्किको वस्त्र पहेंलो हुनेछ,उनको ह्रदयमा श्रीवत्सका चिन्ह अंकित र गलामा कस्तुप मणि रहनेछ। युद्धको समयमा कल्किको हातमा दुईवटा तरवार हुनेछ।