ढकनी बनाउने बिधि

ढकनी परम्परागत खानाका रुपमा धेरै अगाडिदेखि नै बिशेष खानका रुपमा बनाइने र खाने गरिन्थ्यो । यो खानाका स्वाद अनौंठो र लै नै मिठो हुन्छ । गुलियो परिकारमा गनिने ढकनी दुधको मिसावटमा तयार गरिन्छ । तीजमा बिशेगागरि दरको रुपमा खाने ढकनी वास्तवमै निकै नै स्वादिलो परिकारमा पर्ने भएकाले वच्चादेखि वृद्धसम्मका मानिसहरुको रोजाइमा पनि पर्छ ।

सामग्री :

अनदीको चामल १ केजी, शुद्ध घिउ आधा पाउ, चिनी स्वादअनुसार, दूध १ लिटर । अर्थात, तपाइको परिवारमा कति जना सदस्य छन सोही संख्यालाई हेरेर सामाग्री थपेर पनि ढकनी तयार गर्न सक्नुहुन्छ ।

विधि :

चामललाई पकाउनु आधा घन्टाअघि दूधमा भिजाउने ।
एउटा भाँडामा घिउ हालेर दूधबाट चामल निकालेर भुट्ने ।
चामल खैरो भएपछि चिनी र दूध हालेपछि छोपेर सानो आँचमा पकाउने ।
ढकनी दरका रूपमा खाइने मुख्य परिकार हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार