स्टिभ स्मिथ र डेभिड वार्नर आईपीएलबाट ‘आउट’

नयाँ दिल्ली: बल टेम्परिङ्ग विवादमा स्टिभ स्मिथ र डेभिड वार्नरमाथि अन्तराष्ट्रिय क्रिकेटमा १२ महिनाको प्रतिबन्ध लागेको छ । यो प्रतिबन्धसँगै भारतीय क्रिकेट काउन्सिल (बीसीसीआई) ले पनि ठुलो निर्णय लिएको छ ।

आईपीएलका प्रमुख राजीव शुक्लाले बुधबार स्टिभ स्मिथ र डेभिड वार्नरले आईपीएल २०१८ मा भाग लिन नपाउने घोषणा गरेका छन् ।

आईपीएल प्रमुख शुक्लाले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘सबै फ्रेन्चाइजीलाई स्टिभ स्मिथ और डेभिड वार्नरको विकल्पमा खेलाडी खोज्न निर्देशन दिइएको छ । उनीहरु दुवैजना यस सिजन आईपीएलका सदस्य हुने छैनन् ।’

यसका साथै स्टिभ स्मिथ र डेभिड वार्नरले आईपीएलमा खेल्ने कुरालाई लिएर बढेको आशंकाको बादल पनि फाटेको छ।

बुधबारै सनराइजर्स हैदराबादले सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै यो सिजन डेभिड वार्नर आफ्नो कप्तान नहुने जनाएको छ । सनराइजर्सले वार्नर स्वयमले कप्तान पदबाट राजीनामा दिइसकेको पनि पुष्टि गरेको छ ।

राजस्थान रोयल्सले यसभन्दा पहिले नै आफ्ना कप्तान स्टिभ स्मिथलाई कप्तानीको पदबाट हटाइदिएको थियो । उनको स्थानमा राजस्थानले भारतीय टिमका ब्याट्म्यान अजिङ्क्ये रहाणेलाई आफ्नो नयाँ कप्तान नियुक्त गरेको छ ।

तर स्मिथबारेमा क्रिकेट अस्ट्रेलिया र आईपीएल गभर्निङ काउन्सिलको अन्तिम निर्णय राजस्थानले कुरेको थियो ।

बल टेम्परिङ्ग विवादमा केही दिनअघि अस्ट्रेलिया क्रिकेट बोर्डका प्रमुख जेम्स सदरल्यान्डले दक्षिण अफ्रिका पुगेर पत्रकार सम्मेलनमार्फत दक्षिण अफ्रिका क्रिकेट बोर्डसँग माफी मागेका थिए । उनले पत्रकार सम्मेलनमै अघिल्लो २४ घण्टामा स्टिभ स्मिथ र डेभिड वार्नरबारे निर्णय लिने बताएका थिए ।

यसभन्दा अघि यो विवादमा अस्ट्रेलियन क्रिकेट बोर्डले स्टिभ स्मिथ र डेभिड वार्नरलाई दक्षिण अफ्रिकाविरुद्धको चौथो टेस्ट म्याचका क्रममा कप्तानी र उपकप्तानीको पदबाट हटाइदिएको थियो ।

अर्कातिर आईसीसीले स्मिथलाई म्याच फिसको सतप्रतिशत र एक खेलमा प्रतिबन्ध लगाएको थियो । जबकि क्यामरन बेनक्राफ्टलाई म्याच फिसको ७५ प्रतिशत र तीन डिम्यारिट पोइन्ट्सको सजाय मिलेको थियो ।

टेम्परिङ्गको विवादपछि बाद बेनक्राफ्टसँगै कप्तान स्मिथले पनि माफी मागेका थिए । माफी माग्दै स्मिथले भनेका थिए, ‘मैदानमा भएका सबै गतिविधिबारे हामीलाई जानकारी थियो । हामीले यसबारेमा कुरा गरेर हामीले आफूलाई फाइदा हुने सोचेका थियौँ । मलाई यसमा बिल्कुल पनि गर्व छैन ।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार