गीत चोरी गरेकोमा ‘कृ’ निर्माण पक्षले शम्भु प्रधानलाई दियो एघार लाख, यूट्यूवबाट गीत हटाउने

काठमाडौं – आफ्नो पुरानो फिल्म ‘सम्झना’को गीत अनुमति विना ‘कृ’ मा राखिएको भन्दै निर्देशक शम्भु प्रधानले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी परिसर टेकुले फिल्मका निर्माता सुबास गिरिलाई मंगलबार पक्राउ गरेर हिरासतमा राखेको थियो।

बुधबार दुवै पक्षबीचको छलफलपछि फिल्म ‘कृ’ निर्माण पक्षले निर्देशक शम्भु प्रधानलाई ११ लाख रुपैयाँ दिएर र यूट्यूवबाट गीत हटाउने सहमती भयो।

आफ्नो गीतको कारण फिल्म चलेको र धेरै आम्दानी गरेको भन्दै प्रधानले कमाईको ठूलो हिस्सा माग गर्दै निर्माता गिरीविरुद्ध काठमाडौं प्रहरी परिसरमा उजुरी दिएका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार