एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाख लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकित्र्य गरेको किशोरीले बयान दिएकी छिन् । आफ्ना दाजुले यसभन्दा अगाडी पनि पटक पटक आफुलाई बलात्कारको प्रयास गरेको किशोरीको भनाई छ । आफ्ना संवेदनशिल अङ्गहरु छुने, जिस्काउने र दुई पटकसम्म बलत्कारको प्रयास गर्दा आफु बच्न सफल भएको बताएकी छिन् । तर यसपटक भने घरमा कोही नभएको समयमा दाजुले आफुमाथी बलात्कार गरेको किशोरीको भनाई छ ।
आफ्नै दाजुले आफ्नो भविस्य पनि अन्धकारमा पारेको किशोरीको भनाई छ । संगसंगै अब यो संसारमा कसैलाई बिश्वास गर्ने ठाउँ नभएको उनी बताउँछिन् ।
सोमबार आफ्नै दाजुबाट आफ्नै घरमा बलात्कृत भएकी किशोरी बुधबार जिल्ला प्रहरी चौकी गुल्मिमा उजुरी दिन पुगेकी थिइन् । किशोरीलाई बलात्कार गर्ने उनकी २८ वर्षिया दाजु १५ वर्षदेखी डोजर अपरेटरको काम गर्दै आएका थिए । यति बेला किशोरीकी दाजुलार्ई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।
आफ्नै दाजुबाट पीडित बनेकी किशोरीको सुन्दर भविस्यको कल्पना समेत यतिबेला ओझेलमा परेको छ । ती दाजुले उनको अस्मिता मात्र लुटेनन् उनको भविस्य पनि लुटेका छन् । आफ्नै दाजुबाट किशोरी बलात्कार भएको घटना बाहिर आएसंगै समाजको एउटा घृणित पाटो बाहिर आएको छ र आफ्नै दाजुबाट वहिनी असुरक्षित हुने कस्तो समाज बनाउँदै बन्दैछ यो एक गम्भीर प्रश्न बोकेको छ ।
प्रहरी कै मिलेमतोमा किशोरीको हत्या – एसईई परीक्षार्थी गौरीकला रोकायको हत्यामा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले हत्यापछि ट्राफिक प्रहरीसहित ३ जनालाई नियन्त्रणमा लिएको हो । जिल्लाको पञ्चपुरी नगरपालिका–३, चौर स्थायी ठेगाना भएकी रोकाय एसईई परीक्षाका लागि बाबियाचौरमा बसेकी थिइन् । तर परीक्षाको तयारीमा रहेकै बेला उनी मंगलबार डेरामा मृत भेटिइन् ।
लगत्तैको प्रहरी अनुसन्धानबाट रोकायाको हत्या भएको रहस्य खुलेको हो । प्रहरीले दैलेख घर भई अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत ट्राफिक प्रहरी हरि कोइराला, पञ्चपुरी–८ बाँझीगाउँका लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलालाई पक्राउ गरेको हो । उनीहरुले रोकायको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, यौनसम्बन्ध राख्न कोठाबाट अन्यत्र लैजाने क्रममा मोटरसाइकल दुर्घटना भएर रोकाय गम्भीर घाइते भएको र अचेत अवस्थामा डेरामा छाड्दा उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । पक्राउ परेका विरुद्ध कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइरहेको प्रहरीले जनाएको छ । यौन सम्बन्धकै कारण गौरीकला रोकायको हत्यामा भएको देखिएको छ र समाज कुन बाटोतर्फ जाँदैछ भन्ने बिषयलाई इंगित गरेको छ ।