‘सिक्स लेन’ सडक निर्माण, यात्रीलाई सास्ती नै सास्ती – सडक निर्माण अलपत्र , यात्रीलाई “धुलो” उपहार

– तेजेन्द्र केसी

रुपन्देही । पाँच नम्बर प्रदेशमा मुख्य सचिव शङ्कर पाठक भैरहवामा रहेको क्वाटरबाट बुटवलस्थित प्रदेश कार्यालयमा दैनिक आवत–जावत गर्छन् ।

भैरहवामा आउँदा पडसरी, भलवारी हँुदै मणिग्राणसम्म आइपुग्दा उनलाई निकै अप्ठारो लाग्छ । त्यो सडकमा धुलोले हैरान पार्छ ।

केही ठाउँमा निर्माण सामग्री अव्यवस्थित तरिकाले फालिएको छ । चालकले सहज रूपमा सावरी सधान चालाउन पनि सक्दैनन् ।

यस्तै समस्या मुख्य सचिव पाठकलाई मात्रै होइन बुटवल भैरहवा आउजाउ गर्ने सबै यात्रुलाई परेको छ ।

पाठक भन्छन्, ‘गाडी भनेजसरी चालकले चलाउन सक्दैनन््, बाटोमा धुलो समस्या सबैभन्दा धेरै छ ।’

उनीजस्तै धेरैको बुटवल–भैरहवाको यात्रा निकै कठिन छ । मोटरसाइलक चालकलाई त झन् कठिन । बुटवलबाट मोटरसाइकलमा भैरहवा पुग्दा मान्ने नचिन्ने हुन्छ ।

बेलहिया–बुटवल सडक विस्तार आयोजनाद्वारा विगत ६ वर्षदेखि यहाँ सडकलाई ‘सिक्स लेन’ बनाउने काम धमाधम भइरहेको छ ।

बुटवलदेखि भैरहवासम्म ८ किलोमिटर सिक्स लेन पूरा भएको छ । जहाँ सरर गाडी कुद्छन् । बाँकी सडकमा यात्रुले हैरानी बेहोरेका छन् ।

समयमा काम पूरा नहुँने समस्या त छ नै ।

निर्माण गर्दा ठेकेदारले जहाँ पायो त्यहीँ निर्माण सामग्री राख्ने झन् ठूलो समस्या छ ।

धुलो रोक्नका लागि पानी नराख्ने निर्माण कम्पनीहरूको बानी छ ।

यी सबै समस्याको मार चाहिँ यात्रीले खेपिहेका छन् । हैरानी बेहोरेका हुन् ।

नियमअुनसार ठेकेदारले सडकमा धुलो उडनबाट रोक्नुपर्ने हो ।

‘मोटरसाइलका बुटवलबाट भैरहवासम्म पुग्दा शरीरभरी धुलो हुन्छ । मोटरसाइलमा पनि थुपै हिलो र धुलो लिएर जानुपर्ने अवस्था छ । मुख्यतः पडसरी, बर्मेलीटोल, भलवारी र कोडिहवा यात्रुहरू पीडित बनेका छन् ।’ तिलोत्तमा नगरपालिका मणिग्राका रमेश पाण्डेले गुनासो गरे ।

बनेका पूर्वाधारमा पनि कसैको चिन्ता छैन, एकातिर बन्दै गरेको सडकमा धूलोको समस्या छ । अर्कोतिर बनिसकेको पूर्वाधारको संरक्षणमा चाहिँ कसैको चासो छैन ।

निर्माण सम्पन नहँुदै सडक अलपत्र र लथालालिङ

मणिग्राणदेखि बर्मेलटोलसम्म बन्दै गरेका सडकमा जति कठिन छ त्योभन्दा निर्माण भएको ठाउँ बुटवलदेखि मणिग्राणसम्मका लथालिङ सडकले स्थानीय चिन्तित छन् ।

सोलार पावरले झिलीमिली बनाउने भन्दै जोडिएका सडक बत्ति बिग्रिएका छन् ।

केही ठाउँमा बल्छन् तर निकै कमजोर प्रकाश दिन्छन् ।

सिक्सलेन सडकखण्ड निर्माण सम्पन्न नहुँदै त्यसका पूर्वाधार विगँ्रदा स्थानीय अगुवा चिन्तित छन् ।

काम सकिएको सडक सुरक्षामा कसैको चासो छैन ।

सडकको रेखदेख न स्थानीय नियकायले गरेको छ न त प्रदेश सरकारले गरेको पाइन्छ ।

‘५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवलसँग जोडिएको सडकलाई समयमा सम्पन गर्न, निर्माण भएको सरक्षण गर्नको ध्यान कसले दिने ?’ बुटवलमा पुस्तक व्यवसयाी माधव गौतमको प्रश्न छ ।

सडकछेउमा निर्माण गरिएका फलामे रेलिङ पोस्ट तोडफोड गरिएका छन् । बुटवल चौराहादेखि मणिग्रामसम्म करिब १ सयभन्दा धेरै रेलिङ पोस्टमा क्षति भएको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना बुटवल–बेलहियाका कार्यालयमा ९९ वटा रेलिङ पोस्टमा क्षतिको जानकारी छ । तर त्योभन्दा धेरै क्षति भएको अनुमान छ ।

आयोजनाका प्रवक्ता इन्जिनियर गोविन्दकुमार श्रेष्ठका अनुसार राति मदिरा सेवन गरी अनियन्त्रित रूपमा गाडी कुदाउनेले सडकको रेलिङ पोस्टमा सवारी ठोक्काउँछन् र क्षति गराउने गरेका छन् । दिउँसै पनि

तीव्र गतिमा सवारी कुदाउनेले रेलिङ पोस्टमा क्षति पुर्याउँछन् । बुटवलबाट योगिकुटीचोक हुँदै मणिग्रामसम्म आइपुग्दा ठाउँ–ठाउँमा सडक छेउछाउका रेलिङ पोस्ट भाँचिएका छन् ।

अधिकांश क्षतिका घटना रातको समयमा हुने गरेका कारणले दोषी कारवाहीको दायरामा आउन सकेका छैनन् ।

ट्राफिक प्रहरीलाई रेलिङ पोस्टमा क्षति पुर्याउनेमाथि जरिवाना लगाउन पत्र आयोजनाले लेखेको छ ।

श्रेष्ठका अनुसार रेलिङ भाँच्ने कार्यमा संलग्नहरूबाट अहिलेसम्म १ लाख ५० हजार जरिवाना रकम उठेको छ । उनले हाल भैरहवा क्षति भएका रेलिङ निर्माण गरेको श्रेष्ठको बताए ।

यात्रुहरूको सहजताका लागि निर्माण गरिएका कतिपय प्रतीक्षालय पनि दयनीय अवस्थामा पुगेका छन । ड्र«««ाइभरटोल चोकमै रहेको प्रतीक्षालय ढल्ने स्थितिमा पुगेको छ ।

प्रतीक्षालयको उत्तरतर्फको टेका भाँचिएर खुम्चिएको छ । सिङ्गो प्रतीक्षालय खण्डहर जस्तै देखिन्छ ।

भत्काइएका फलामे रेलिङ र ड्राइभरटोलमा घाइते रुग्ण प्रतीक्षालयबारे आयोजना जानकारी भए पनि सानो कामका लागि ठेकेदार नपाउँदा समस्या भएको आयोजनको दाबी छ ।

प्रदेश सरकारको चासो
२०६८ सालमा सुरु भएको सिक्स लेन सडक छिटो सम्पन गर्नका लागि प्रदेश सरकारले चासो दिएको छ ।

पटक पटक म्याद थपिएको सडक निर्माण छिटो गर्नको प्रदेश सरकारले चासो दिएको हो ।

समयमा गर्नको र धुलो नियन्त्रण गर्नका लागि आयोजनाका प्रमुख तथा अन्य जिम्मेवार व्यतिहरूसँग मन्त्रीहरूले समेत आग्रह गरेका छन् ।

उनीहरूसँग भएको छलफलमा छिटो सम्पन गर्नको आग्रह गरिएको प्रदेश सरकार भौतिक योजना निर्माण मन्त्री एवम् सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

उनले सम्झौता भएको मितिभन्दा पनि छिटो सम्पन गनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने तर जति सको छिटो सम्पन गर्नुपर्ने मान्यतामा प्रदेश सरकार रहेको बताए ।

मणिग्रामसम्म ८ किलो मिटर सडक चाहिँ पूरा भएको छ ।

बाँकी सडकमा काम भैरहेको छ ।

गोलपार्कदेखि बेलहियासम्म २७ किलोमटिर निर्माण गर्नका लागि ३ अर्ब ८० करोड रुपियाँ छुट्याइएको छ ।

हालसम्म परियोजनको ७० प्रतिशत काम सम्पन्न भएको परियोजनाका प्रवक्ता इन्जिनियर गोविन्द श्रेष्ठले बताए ।

७ वटा आकासे पुल असारसम्ममा

बुटवल र भैरहवा सिक्स लेन सडकको विभिन्न ठाउँमा १० वटा आकासे पुल निर्माण असार महिनासम्म सक्ने लक्ष्य थियो ।

तर तीनवटा पुलमा निमाण कार्यमा समस्या आएपछि ढिलाइ हुने भएको छ ।

अन्य पुल भने असारसम्म नै सक्ने प्रवक्ता श्रेष्ठले दाबी गरे ।

उनका अनुसार टाफ्रिक चोक, चौराह र बर्मेली टोलको पुल असारमहिनासम्म सकिँदैन । अरू सम्पन हुनेछन् । हालसम्म कार्यको ३५ प्रतिशत काम सम्पन्न भएको छ ।

बुटवल क्षेत्रमा ३ र भैरहवा क्षेत्रमा ३ वटा पुल बन्नेछन् ।

भैरहवा बुटबलकको बीच भागमा ४ वटा पुल निर्माण गरिने छ ।

इन्जिनियर योगेन्द्रबहादुर अघिकारीले निर्माणको काम अगाडि बढेको बताएका छन् ।

काठमाडौंमाबाहेक अन्य सहरहरूमा पैदलयात्रुका लागि आकासे पुल बनेका छैनन् ।

राजधानी बाहिर पहिलो पटक रूपन्देहीमा आकासे पुल बन्न लागेकामा स्थानीय खुसी छन् ।

बुटवलको ट्राफिक चोक, नयाँ बसपार्क, मिलनचोक, राजमार्ग चौराहमा, कालीका उच्च मावि अगाडि आकासेपुलको निर्माणको काम भइरहेको छ ।

त्यस्तै योगीकुटी, ड्राइभरटोल र भैरहवाको बुद्धचोक, देवकोटा चोक र बसपार्क तथा आँखा अस्पताल नजिक पनि आकासेपुल निर्माण गरिने भएका छन् ।

पुलकको ठेक्का पाएको महादेव खिम्ति–एसियाटिक–महेश जेभी नवलपरासीसँग आकासे पुल निर्माणका लागि ठेक्काको काम तीव्र तरिकाले गरेको बताएको छ ।

सम्झौता भएको अनुसार १४ महिनाभित्र पैदलयात्रुका लागि आकासे पुल तयार भइसक्नु पर्छ ।

२५ मिटर लम्बाइ, साढे २ मिटर चौडाइको आकासेपुल न्यूनतम ५ मिटर उचाइको हुने छ । आकासे पुल पूर्णतया अपाङ्गमैत्री हुने व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडक कार्यालयका इन्जिनियर प्रवक्ता श्रेष्ठले बताए ।

दुवैतर्फको सडकपेटीमा एकातर्फबाट भर्याङ जस्तै स्टेप–स्टेप हुन्छ अर्कोतर्फ अपाङ्ग र अशक्त व्यक्ति ह्विलचियरसहित प्रयोग गर्न मिल्ने गरी निर्माण हुने भएको अपाङ्गसम्बन्धी काम गर्ने सङ्घ सस्थाहरू समेत उत्साहित बनेका छन् ।

१० वटा आकासे पुल निर्माणका लागि कुल ११ करोड ५० लाख रुपियाँ खर्च हुनेछ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार