सडक विस्तारमा अवरोध गर्नेमाथि बर्षियो पानीको फोहोरा र अश्रुग्यास, १६ जना समातिए, प्रहरीको दुई वटा भ्यान तोडफोड

काठमाडौं । सडक विस्तारको विरोधमा प्रदर्शनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको छ ।

काठमाडौं उपत्यकामा सडक विस्तार, फास्टट्रयाक, बाहिरी चक्रपथ निर्माण पीडितहरु प्रदर्शन गरेका थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रर्दशन नयाँ बानेश्वरसम्म आएको थियो । बानेश्वरमा सडक अवरुद्ध पार्दै प्रदर्शनकारीहरु सडकमै सुतेपछि प्रहरीले हटाउन खोजेपछि तनाव बढ्यो । प्रहरीले वानीको फोहोरा हान्यो ।

तर, प्रदर्शनकारीले ब्यानर प्रयोग गर्दै पानीको होफोहा नै रोकेपछि प्रहरीले अश्रुग्यास हानेको थियो । त्यसक्रममा प्रहरीले लाठीचार्ज गर्दै १६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूलार्इ महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।

प्रदर्शनकारीले प्रहरीको दुई वटा भ्यान समेत तोडफोड गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले अनलाइनखबरलाई बताए ।

प्रहरीले दमनकारी व्यवहार गरेपछि विरोधमा उत्रनु परेको संघर्ष समितिका गणपति श्रेष्ठ बताउँछन् ।

सडक विस्तारका नाममा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको पहिचानमा क्षति पुर्‍याउनु नहुने समेत उनीहरुको माग छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार