एप्पल कम्पनीको सर्वाधिक लोकप्रिय प्राेडक्ट आइफोनप्रति मानिसहरुको क्रेज कुनै लुकेको विषय होइन । आइफोन चाहे जति नै धेरै महंगो किन नहोस्, केही फ्यान यस्ता छन्, जो आइफोन नै प्रयोग गर्न रुचाउँछन् । आइफोनका प्रयोगकर्ता विश्वमा लगातार बढिरहेको अवस्थामा विश्वमा दोश्रो धेरै जनसंख्या भएको देश भारतमा आइफोनका प्रयोगकर्ता एक करोड पुगेका छन् । साथै भारतमा एप्पलको आइफोन ११ औँ लोकप्रिय ब्राण्ड बनेको छ ।
सन् २०१७ को अन्त्यमा सार्वजनिक तथ्यांक अनुसार भारतमा ८९ लाख मानिससँग आइफोन थियो । यस वर्ष सन् २०१८ मा थप ३० लाख आइफोन प्रयोगकर्ता थपिने अनुमान गरिएको थियो । सोही बमोजिम वर्षको पहिलो त्रैमासिक बित्नै लाग्दा भारतीय आइफोन प्रयोगकर्ताको संख्या एक करोड पुगेको हो ।
मार्केट रिसर्च कम्पनी साइबर मिडिया रिसर्चको रिपोर्ट अनुसार यदि एप्पलले भारतमा रहेको आफ्नो कारखानाबाट तीव्र गतिमा आइफोन असेम्बल गर्ने कुरामा ध्यान दिएमा छिटै नै बजारमा थप राम्रो स्थितिमा पुग्नेछ । आइफोन एसर्इ र त्यसअघिका आइफोनका भर्सनहरुले एप्पललाई भारतीय मोबाइल बजारमा स्थापित हुन महत्वपूर्ण भूमिका निभाउने रिपोर्टमा उल्लेख गरिएको छ ।
स्मरण रहोस्, भारतमा विभिन्न १० मोबाइल ब्राण्डका प्रयोगकर्ता १ करोडभन्दा धेरै पुगिसकेका छन् । सन् २०१७ को अन्त्य सम्ममा सामसुङका प्रयोगकर्ता १२ करोड थिए ।
चिनियाँ स्मार्टफोन साओमीका प्रयोगकर्ताको संख्या २ करोड ८० लाख रहेको छ । तथ्यांक अनुसार भारतीय स्मार्टफोन बजारमा ५६ प्रतिशत हिस्सेदारी अहिलेपनि १० हजार भारुभन्दा कम मूल्यका मोबाइल ह्याण्डसेटको रहेको देखाएको छ । सस्तो स्मार्टफोनप्रति झुकाव रहेको भारतीय बजारमा १ करोड मानिसको हातमा आइफोन पुग्नु सकारात्मक संकेत भएको विश्लेषकहरुले जनाएका छन् ।
एजेन्सी