– रामसुन्दर आचार्य
काभ्रे । चोरीको आरोपमा पक्राउ परेका दुई युवकलाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरका २३ वर्षीय लक्ष्छु कार्की र ३३ वर्षका गणेश तामाङ छन् । प्रहरीका अनाुसार उनीहरु सामान्य चोर भने होइनन् । पाहुना झै बनेर कार चढेर आउँछन् र लुटेर भाग्छन् अर्थात सहरमा भेटिएका ‘भीआईपी’ चोर हुन् ।
यो समूहले शनिबार मध्याहृन मण्डनदेउपुर २ नगरकोटमा सानुकान्छा तामाङको पसलमा चोरी गरेका थिए । आइटेन कार चढेर गएका उनीहरुले सानुकान्छाको पसल फोडेर ३ लाख रकमसहित सुन र केहि विदेशी मुद्रा चोरी गरेका हुन् ।
१० चैतमा लक्ष्छुलाई नियन्त्रणमा लिएपछि उनकै सूचनाका आधारमा गणेश पनि पक्राउ परेका हुन् । उनीहरुको साथवाट नगद १ लाख ६ हजार, केही विदेश मुद्रा र ३ थान मोवाइल सेट र केही सुन समेत बरामत भएको प्रहरीले जनाएको छ ।
चोरीमा प्रयोग गरिएको हुन्डाई कम्पनीको बा७च ४२ नंम्बरको आईटेन कार पनि बरामद भएको छ ।
कार्की र तामाङविरुद्ध मुलुकी ऐनको चोरी मल अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंंग शाहले बताए ।