श्रीया बनिन् मिस नेपाल पिस , सुस्मिता बोगटी फस्ट रनरअप र जिना श्रेष्ठ सेकेन्ड रनरअप भए 

काठमाडौँ — २२ वर्षीया श्रीया रजकले ‘मिस नेपाल पिस’ को उपाधि जितेकी छन् । उनले २३ प्रतियोगीलाई पछि पार्दै ५० हजार रुपैयाँ पुरस्कारबापत पाइन् ।

नेक्स्ट मोडल्सद्वारा हयात रिजेन्सी होटलमा आयोजित प्रतियोगितामा सुस्मिता बोगटी फस्ट रनरअप र जिना श्रेष्ठ सेकेन्ड रनरअप भए । दुवैले क्रमश: ३० हजार र २० हजार रुपैयाँ पाए ।

शान्तिको सन्देश बाँड्ने उद्देश्यले ‘मिस नर्स’ प्रतियोगिता परिमार्जन गरी गत वर्षदेखि ‘मिस नेपाल पिस’ राखिएको नेक्स्ट मोडल्सका रवि धमलाले बताए ।

प्रतियोगितामा रिना थापा मगर मोस्ट टयालेन्टेड, सुस्मिता बोगटी बेस्ट पर्सनालिटी भए भने दीपा देवकोटाले क्याटवाक, प्रमिला पण्डितले पब्लिक च्वाइस्, आरजु श्रेष्ठले मोस्ट चार्मिङ, आस्मा प्याकुरेलले डिसिप्लिन अवार्ड थापे ।

त्यस्तै, नर्सिङ ड्रेस थिममा अनु कुमाल अब्बल भइन् भने सोसल्ली रेस्पोन्सिबल अवार्ड सरिता राईले र मस्ट पपुलर अवार्ड साजन केसीले पाए । निर्णायक टोलीमा मिस नेपाल वल्र्ड २०१६ अस्मी श्रेष्ठ, फोटोग्राफर राजभाइ सुवाल, डा. लोचन कार्की, डा. सन्ध्या चापागाईलगायत थिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार