रुँदै वार्नरले माफी माग्दै भने – ” अष्ट्रेलियाका लागि अब कहिल्यै खेल्दिन “

काठमाडौं । ब्याट्सम्यान डेभिड वार्नरले अष्ट्रेलियाका लागि फेरि कहिल्यै नखेल्ने गरी राजीनामा दिएका छन् ।

बल टेम्परिङ विवादमा फसेपछि ३१ वर्षे वार्नरमाथि एक वर्षको प्रतिवन्ध लागेको छ । साथै प्रतिवन्ध हटेपछि पनि कप्तान कहिल्यै कप्तान नबनाइने क्रिकेट अष्ट्रेलियाले बनाएको छ ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टका क्रममा भएको बल टेम्परिङको योजनाकार वार्नर मानिएको छ । यद्यपि, यसबारे छानविन जारी छ ।

शनिबार पत्रकार सम्मेलन गरेर वार्नरले आफ्नो गल्तीको जिम्मेवारी लिने बताए । साथै उनले आँखाभरी आँसु पार्दै क्रिकेट अष्ट्रेलियाका सबै समर्थकसँग माफी मागेका छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार