प्रधानमन्त्री भए लगतै केपी शर्मा ओलीले अबको २ बर्षभित्र रेल सञ्चालन गर्ने र नेपालको झण्डा राखेर पानीजहाज चलाउने दावी गरे । विगतमा प्रधानमन्त्री हुँदा उद्घोष गरेका उक्त योजनालाई अबको २ बर्षभित्र पूरा गरेर देखाउने समेत उनले दाबी गरे ।
पछिल्लो स्थायी नेतृत्व गरेका ओलीले सरकारले अबको २ बर्षभित्र नेपालमा रेल गुडाउने संकल्प गरेका छन् । अबको एक बर्षमा अर्थात् २०७६ सालभित्र नेपालको झण्डाबाहक पानीजहाज चालएर सामान आयात गरिने उनले विभिन्न सभा समारोह र कार्यक्रमहरुमा बोल्दै आएका छन् । ओलीको यो महत्वाकांक्षी बोली एकपटक सुनौँ ।
रविन्द्र अधिकारी एअरपोर्ट २४ घण्टा चलाउछु
पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने योजना अघि सारेका छन् । आफ्नो १०० दिने कार्ययोजना शुक्रबार सार्वजनिक गर्दै मन्त्री अधिकारीले तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्न सैद्धान्तिक निर्णय गराउने बताएका छन् । आन्तरिक उडानलाई थप विस्तार गर्न नेपाल वायुसेवा निगमले विमान किन्नु पर्ने उनले बताएका छन् । साथै हाल निगमसँग रहेको ८ मध्ये ६ वटा विमान आन्तरिक उडानका लागि उपयुक्त रहेको भन्दै उनले अधिकतम क्षमताका साथ उडान गर्ने बताएका छन् ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई कम्तिमा दैनिक २१ घण्टा सन्चालनमा ल्याउने तथा अन्तराष्ट्रिय आगमनका यात्रुहरुले बढीमा एक घण्टाभित्र ब्यागेज पाउने व्यवस्था मिलाउन, तथा र अन्तराष्ट्रिय टर्मिनलमा यात्रुहरुको सुविधाका लागि सेन्ट्रल एसी सिस्टम सन्चालनमा ल्याउने जस्ता योजनालाई मन्त्री अधिकारीले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
शेरबहादुर तामाङ न्यायाधीसको सम्पत्ति सार्वजनिक गर्ने वातावरण बनाउँछु
कानुनमन्त्री शेरबहादुर तामाङले न्यायाधीशहरुको आचरण कायम राख्नका लागि उनीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्नुपर्ने कानुन बनाउने घोषणा गरेका छन् ।
तामाङ्ले वडा अध्यक्ष, सरकारका मुख्य सचिव देखि न्यायाधीश सम्मको सम्पत्ति सार्वजनिक गर्नुपर्र्ने कानुन बनाउने वा परिमार्जन गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
आफ्नो १६ बुँदे कार्ययोजना सार्वजनिक गर्ने क्रममा १२ नम्बर बुँदामा न्यायाधीशको आचरण कायम गर्न सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने कुरा उल्लेख छ । र उनले यसबारे यसो भनेका छन् ।
दशैअघि नै मेलम्चीको पानी ल्याउछु विना मगर
खानेपानी तथा सरसफाई मन्त्री भए लगतै विना मगरले मेलम्ची खानेपानी २५ दिन भित्र काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गरेकी गरिन् । मन्त्री मगरले दसंै अघि मेलम्चीको पानी काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् ।
उनले २५ दिन भित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आउने गरी पूर्वाधार निर्माणको काम सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिइन् । दुषित पानीका कारण हुने रोगलाई नियन्त्रण गर्न सरसफाई योजनालाई समेत अघि बढाउने उनलको भनाई छ ।
लालवावु पण्डित कर्मचारीको स्वच्छेकि अवकास रोक्छु, भ्रष्टाचार मुक्त कर्मचारी प्रशासन बनाउँछु
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कुनै पनि कर्मचारीको स्वेच्छिक अवकाशसम्बन्धी निवेदन स्वीकृत नहुने बताएका छन् । मन्त्री पण्डितले सरकारले निजामती कर्मचारीको तालीम, विदेश अध्ययन भ्रमणअनुसार राज्यलाई प्रतिफल दिनुपर्नेमा जोड दिनुपर्ने भन्दै स्वेच्छिक अवकास अधिकार नभएको र सुविधा मात्र भएको बताएका छन् ।
केही समय अघिमात्र जनसंख्या तथा वातावरणमन्त्री रहेका पण्डितले राजधानीलाई १ बर्षभित्र मास्कमुक्त सहर बनाउने समेत उद्घोष गरेका थिए ।
मातृका यादव कालोवजारी र भ्रष्टाचारीलाई कारवाही गर्छु
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले भ्रष्टाचारी कर्मचारीलाई तह लगाउने बताए । यादवले आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति दिन भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने उद्घोष गरे । उनले यसअघि प्रधानमन्त्रीहरु समेत शून्य सहनशीलताको नारा लगाउँदै दोब्बर भ्रष्टाचारमा लागेको आरोप लगाउँदै आइन्दा मन्त्री तथा कर्मचारीहरुलाई घुस नखुवाउन उद्योगीहरुलाई चेतावनी समेत दिएका छन् ।
हाल मन्त्री भएका सबैको महत्वकांक्षी विकासका सपनाको श्रृङ्खला प्रतिस्पर्धात्मक रुपै चलिरहेको छ । र यसरी नै बोलेर चर्चा कमाउने दौडादौडीमा मन्त्रीहरु लागी परेका छन् । बारम्बार बकबक गर्नुभन्दा समयमै काम गरेर देखाए त्यो नै देश र जनाताका लागि भलो हुनेछ ।
मन्त्रीहरुको वकवक रोक, काम गर
नयाँ सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीहरु यतिबेला काम भन्दा पनि ठुला भाषणमा मात्रै अल्झिरहेका छन । यतिबेला वाम गठबन्धनको सरकारका मन्त्रीहरु हल्लाको भरमा बजार तताउन लागेका छन् ।
तर यो समय बजारमा हल्ला फैलाउने नभएर काम गरेर देखाउने समय हो । स्रोत साधन र पुर्वाधारको ख्यालै नगरी संभावना बाहिर गएर मन्त्रीहरु फेरी पनि जनतामा सपना बाँड्न थालेका छन् । जसले फेरी पनि अघिल्ला सरकारको जस्तै प्रबृत्ति दोहोरीने डर जनतामा पलाएको छ । नेताहरुले यसरी भाषण गरी बजार तताउने क्रमलाई भन्दा संभावनालाई ख्याल गरे राम्रो हुन्थ्यो भन्छन् राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी ।
हाम्रो देशमा नेताले चाहेर परिवर्तन पनि हुँदैन भन्ने जमात पनि ठुलो छ । नेपालको विकासमा छिमेकी देश भारत र अन्य कुटनितिक संस्थाहरुको हस्तक्षेप रहँदै आएको कुरालाई पनि नकार्न सकिन्न । यस्तो अवस्थामा बजार तताउने र ताली आउँने भाषण भन्दा पनि कुटनितिक बिधी अपनाएर अगाडी बढ्नुपर्ने सुझाव दिन्छन् डा. केसी ।
सरकारमा रहेका प्रधानमन्त्रीदेखि मन्त्रीहरु सम्मले भाषण भन्दा पनि काम गरेर देखाउने समय हो । त्यसकारण ओली सरकारका मन्त्रीहरुले भाषण गरेर जनताको मन जित्ने भन्दा पनि काम गरेर आफुलाई प्रमाणित गर्नेतर्फ ध्यान आकर्षण गर्नुपर्ने जरुरी देखिन्छ ।